News Portal

  • भक्तपुरका थापा यसैसाता प्रहरी महानिरीक्षक बन्ने

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २० असार
    ९२८० पटक
    भक्तपुर, २० असार

    नेपाल प्रहरीकाे सर्वाेच्च पदकाे रुपमा रहेकाे प्रहरी महानिरीक्षक(आईजीपी)पदमा भक्तपुरकाे कटुन्जे घर भएका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) शैलेस थापा क्षेत्री बढुवा हुने भएका छन् । बहालवाला आईजीपी ठाकुरप्रसाद ज्ञवालीले बुधबार अनिवार्य अवकास पाउँने भएसंगै उक्त पदमा एआईजी थापा बढुवा हुने भएका हुन् ।

    बहालवाला आईजीपी ज्ञवालीकाे अवकास पछि रिक्त हुने उक्त पद प्राप्तिका लागि एआईजी शैलेस थापा क्षेत्रीसंगै अर्का एआईजी हरिबहादुर पाल पनि प्रतिस्पर्धामा रहेका छन् । ४ महिनाअघि एआईजीमा बढुवा भएका थापा र पालमध्येबाट एक जना आईजीपी बन्ने निस्चित भएपनि भक्तपुर पाेस्ट श्राेतका अनुसार पाल भन्दा थापाकाे पल्ला भारी भएकाे हाे ।

    २०४९ सालमा प्रहरी निरीक्षकबाट थापा र पाल सेवा प्रवेश गरेका हुन् । यस अघिका बढुवामा आफ्नाे प्रतिस्पर्धी रहेका पाललाई पछि पार्न सफल थापा सर्वाेच्च पदकाे रुपमा रहेकाे प्रहरी महानिरीक्षक(आईजीपी)पदमा पुग्ने निस्चित प्राय: रहेकाे प्रहरी श्राेतले बताएकाे छ । थापा प्रहरी संगठनमा इमान्दार, कर्मठ र व्यवसायिक प्रहरी अधिकारीकाे रुपमा चिनिन्छन् ।

    नेपाल प्रहरीकाे सर्वाेच्च पदकाे रुपमा रहेकाे प्रहरी महानिरीक्षक(आईजीपी)पद प्राप्तिका लागि ब्यवसायिकताका अलावा राजनीतिक बिस्वास पनि अत्यावश्यक सर्त हाे । आईजीपी बढुवामा जेष्ठता, वरिष्ठता र कार्यसम्पादन मूल्यांकनको विशेष महत्व त हुन्छ नै, त्यसकासाथै सरकारले पत्याइएकाे समेत हुनुपर्दछ । प्रशासनिक प्रक्रियाको आधारमा राजनीतिक घोषणामा आईजीपी बन्ने प्रचलन रही आएकाे छ । यसर्थ,प्रतिस्पर्धी भन्दा सरकारकाे नजरमा समेत अब्बल रहनु पर्ने चुनाैतीकाे सामना प्रत्येक आईजीपीले गर्नुपर्ने हुन्छ । यसरी हेर्दा पनि पालकाे तुलनामा थापाकाे पल्ला भारी देखिएकाे छ ।

    श्राेतका अनुसार सरकारले एआईजी थापालाई प्रहरी महानिरीक्षक बनाउने तयारी गरेको छ । अब बस्ने मन्त्रीपरिषद बैठकले थापालाई प्रहरी महानिरीक्षक बनाउने श्राेतले जानकारी गराएकाे हाे । प्रधानमन्त्री केपी अेाली भक्तपुरबासी हुनु र थापालाई उनले पहिलेदेखि नै मन पराउनुले थापाका लागि आईजीपीकाे यात्रा सहज गरिदिएकाे देखिन्छ ।

    श्राेतका अनुसार गृहमन्त्री रामबहादुर थापा अर्का एआईजी हरिबहादुर पाललाई आईजीपी बनाउन चाहन्छन् । तर, गृह सचिव महेश्वर न्यौपाने थापाकाे पक्षमा उभिएका छन् । उनी पनि भक्तपुरकै हुनुले थापालाई सपाेर्ट मिलेकाे हाे । मूख्यत: भक्तपुरका सांसद महेश बस्नेत आफ्नै निर्वाचन क्षेत्रका थापालाई प्रहरी महानिरीक्षक बनाउन लागिपरेका कारण पनि थापा प्रहरी महानिरीक्षक बन्ने पक्का भएकाे छ । नेकपाका केन्द्रीय सदस्य समेत रहेका सांसद बस्नेत प्रधानमन्त्री ओलीका बिस्वासपात्र पनि हुन् । प्रधानमन्त्री ओलीले सांसद बस्नेतसंग थापालाई प्रहरी महानिरीक्षक बनाउने बिषयमा सहमति जनाइसकेका श्राेतकाे दावी छ । वरियतामा पहिलाे नम्बरमा हुनु र प्रधानमन्त्री समेत थापाप्रति सकारात्मक हुनुले थापाका लागि २८ अैां प्रहरी महानिरीक्षक बन्ने ढाेका खुलेकाे हाे ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...