समुदायमा फैलियो कोरोना, चाँगुमा किरीया बसिरहेकी महिला समेत संक्रमित

कोरोना भाइरस संक्रमण (कोभिड १९) को जोखिमबाट भक्तपुर पनि अछुतो रहन सकेन । साेमबार १० संक्रमित थपिएसंगै  भक्तपुरमा संक्रमित हुनेकाे संख्या ३९ भएकाे छ भने सबै नगरपालिकामा कोरोना भाइरस पुगेको छ । संक्रमणबाट बच्न घरमै बस्ने र अरुको सम्पर्कमा नजाने भनिरहँदा चाँगुनारायण नगरपालिकाकी एक महिला  किरीया बसिरहेकाे अबस्थामा  समेत संक्रमित बनेकी छन् । आफ्नो पतिको मृत्युपछि शोकमा रहेकी उनलाई कोरोनाले समेत पिछा गरेर बागीश्वरीस्थित घरसम्मै आएपछि कोरोना समुदायमा फैलिएको पुष्टि भएको छ । सोमबार उनीसहित चाँगुनारायणमा मात्र ४ जना संक्रमित थपिएका छन् । चाँगुनारायण नगरपालिका प्रमुख साेम मिश्रले भने आत्तिहाल्नु पर्ने अवस्था नरहेकाे बताए । मेयर मिश्रले किरीया बसिरहेकी महिला लाइ समुदाय बाट नभइ अस्पताल बाट संक्रमण भएकाे हुनसक्ने आशंका ब्यक्त गरे । ” उहाँ श्रीमानकाे उपचारमा अस्पतालमा हुनुहुन्थ्याे, श्रीमान बित्नुभएर किरीया बसिरहेकाे बेलामा उहाँमा संक्रमण देखिएकेा हाे । काेराेना अस्पतालमा सरेकाे हुनसक्छ ।” उनले भने । मेयर मिश्रका अनुसार संक्रमितका परिवार र सम्पर्कमा आएकालाइ क्वारेन्टाइनमा राखिएकाे छ । उनले … Continue reading समुदायमा फैलियो कोरोना, चाँगुमा किरीया बसिरहेकी महिला समेत संक्रमित