News Portal

  • समुदायमा फैलियो कोरोना, चाँगुमा किरीया बसिरहेकी महिला समेत संक्रमित

    संजीप शुभचिन्तक भक्तपुर, २२ असार
    ८४९१ पटक
    भक्तपुर, २२ असार

    कोरोना भाइरस संक्रमण (कोभिड १९) को जोखिमबाट भक्तपुर पनि अछुतो रहन सकेन । साेमबार १० संक्रमित थपिएसंगै  भक्तपुरमा संक्रमित हुनेकाे संख्या ३९ भएकाे छ भने सबै नगरपालिकामा कोरोना भाइरस पुगेको छ ।

    संक्रमणबाट बच्न घरमै बस्ने र अरुको सम्पर्कमा नजाने भनिरहँदा चाँगुनारायण नगरपालिकाकी एक महिला  किरीया बसिरहेकाे अबस्थामा  समेत संक्रमित बनेकी छन् । आफ्नो पतिको मृत्युपछि शोकमा रहेकी उनलाई कोरोनाले समेत पिछा गरेर बागीश्वरीस्थित घरसम्मै आएपछि कोरोना समुदायमा फैलिएको पुष्टि भएको छ ।

    सोमबार उनीसहित चाँगुनारायणमा मात्र ४ जना संक्रमित थपिएका छन् । चाँगुनारायण नगरपालिका प्रमुख साेम मिश्रले भने आत्तिहाल्नु पर्ने अवस्था नरहेकाे बताए । मेयर मिश्रले किरीया बसिरहेकी महिला लाइ समुदाय बाट नभइ अस्पताल बाट संक्रमण भएकाे हुनसक्ने आशंका ब्यक्त गरे । ” उहाँ श्रीमानकाे उपचारमा अस्पतालमा हुनुहुन्थ्याे, श्रीमान बित्नुभएर किरीया बसिरहेकाे बेलामा उहाँमा संक्रमण देखिएकेा हाे । काेराेना अस्पतालमा सरेकाे हुनसक्छ ।” उनले भने । मेयर मिश्रका अनुसार संक्रमितका परिवार र सम्पर्कमा आएकालाइ क्वारेन्टाइनमा राखिएकाे छ । उनले चाँगुमा ४ जना थपिएकाे भनिएपनि दुवाकाेट ठेगाना भएका १ संक्रमित काठमाडाैंका भएकाे बताए ।

    सोमबार भक्तपुर नगरपालिकामा पनि ३ जना संक्रमित थपिएका   छन् ।  वडा नम्बर २ इताछेमा एक २४ वर्षका युुुवक, ब्यासिमा २९ वर्षिय र वडा नम्बर ९ च्यामासिंमा ३३ वर्षकी  युवती पनि संक्रमित भएका हुन् । भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिका अनुसार संक्रमितकाे कन्ट्याक्ट् ट्रेसिङ कार्य भैरहेकाे छ भने संभावित संक्रमितकाे पहिचान गरी क्वारेनटाइनमा राख्न वडाध्यक्षहरु खटिसकेका छन् ।

    त्यसैगरी सूर्यविनायकमा २३ वर्षिय युवकमा संक्रमण देखिएकाे छ ।  उनी सुनपा २ वालकाेटका बासिन्दा हुन् । सूर्यविनायकका मेयर बासुदेव थापाले आफूलाइ आ्धिकारिक खबर नभएकाे र आफूले तत्कालै बुझेर त्यहाँ कडाइ गर्ने बताए भने मध्यपुर थिमिका मेयर मदनसुन्दर श्रेष्ठकाे माेबाइलमा सम्पर्क हुन सकेन । प्रमुख कार्यकारी अधिकृत उद्धव रिजालले भने आफूलाइ केही थाहाँ नभएकाे जानकारी गराए । मध्यपुर थिमिमा १ जना संक्रमित थपिएका छन् ।

    भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले काेराेना भाइरसकाे संक्रमण बढ्दै गएकाे देखिएकाले थप सतर्क बन्न अनुराेध गरेकी छन् ।आफूहरुकाे मात्र प्रयासले काेराेना नियन्त्रण हुन नसक्ने भन्दै उनले मास्क र सेनिटाइजरकाे प्रयाेग र सामाजिक दूरी कायम राख्नु सबैकाे कर्तब्य भएकाे बताइन् । सचेत भएर लकडाउन पालना नगरे स्थिति भयावह हुनसक्ने उनकाे चेतावनी  छ । भिडभाड नियन्त्रणका लागि मंगलबारबाट थप कडाइ गरिने उनले जानकारी गराइन् । कन्ट्याक्ट् ट्रेसिङ र सिल गर्ने कार्यमा प्रहरी परिचालन भएकाे उनकाे भनाइ  छ । भक्तपुर प्रहरी प्रमुख रहेकी एसपी तारादेवी थापाका अनुसार कन्ट्याक्ट् ट्रेसिङ र सिल गर्ने कार्य जारी छ र मंगलवार बिहानसम्म सकिनेछ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...