भक्तपुर कटुन्जेका शैलेस थापा क्षेत्री २८ अैां प्रहरी महानिरीक्षक नियुक्त

भक्तपुरकाे कटुन्जे घर भएका शैलेस थापा क्षेत्रीले नेपाल प्रहरीकाे सर्वाेच्च पद प्राप्त गरेका छन् । नेपाल सरकारले उनलाइ २८ अैां प्रहरी महानिरीक्षकमा पदेान्नती गरेकाे छ । बहालवाला आईजीपी ठाकुरप्रसाद ज्ञवालीले बुधबार अनिवार्य अवकास पाउँने भएसंगै उक्त पदमा एआईजी थापा नियुक्त भएका हुन् । मंगलबार बसेकाे मन्त्रीपरिषद बैठकले थापालाइ प्रहरी महानिरीक्षकमा नियुक्त गरेकाे हाे । भक्तपुरकै स्थानिय समेत रहेका गृहमन्त्री रामबहादुर थापाका स्वकीय सचिव बिरु तामाङ’सुदिप’ ले शैलेस थापालाइ प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने सिफारिस भएकाे पुष्टि गरेका हुन् । गृहकै सिफारिसमा मन्त्रीपरिषद बैठकले थापालाइ प्रहरी महानिरीक्षकमा नियुक्त गरेकाे हाे । मन्त्रीपरिषद बैठक भने अझै जारी छ र अैापचारीक सूचना भने सार्वजनिक भैसकेकाे छैन । २०४९ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका नववियुक्त प्रहरी महानिरीक्षक  शैलेस थापा क्षेत्री  ४ महिनाअघि एआईजीमा बढुवा भएका थिए । प्रहरी महानिरीक्षक बन्ने दाैडमा रहेका अर्का प्रतिस्पर्धी एआईजी हरिबहादुर पाललाइ पछि पार्दै थापाले नेपाल प्रहरीकाे सर्वाेच्च पद प्राप्त गरेका हुन् । थापा प्रहरी संगठनमा इमान्दार, कर्मठ र … Continue reading भक्तपुर कटुन्जेका शैलेस थापा क्षेत्री २८ अैां प्रहरी महानिरीक्षक नियुक्त