News Portal

  • भक्तपुर कटुन्जेका शैलेस थापा क्षेत्री २८ अैां प्रहरी महानिरीक्षक नियुक्त

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २३ असार
    ३६२० पटक
    भक्तपुर, २३ असार

    भक्तपुरकाे कटुन्जे घर भएका शैलेस थापा क्षेत्रीले नेपाल प्रहरीकाे सर्वाेच्च पद प्राप्त गरेका छन् । नेपाल सरकारले उनलाइ २८ अैां प्रहरी महानिरीक्षकमा पदेान्नती गरेकाे छ ।

    बहालवाला आईजीपी ठाकुरप्रसाद ज्ञवालीले बुधबार अनिवार्य अवकास पाउँने भएसंगै उक्त पदमा एआईजी थापा नियुक्त भएका हुन् । मंगलबार बसेकाे मन्त्रीपरिषद बैठकले थापालाइ प्रहरी महानिरीक्षकमा नियुक्त गरेकाे हाे ।

    भक्तपुरकै स्थानिय समेत रहेका गृहमन्त्री रामबहादुर थापाका स्वकीय सचिव बिरु तामाङ’सुदिप’ ले शैलेस थापालाइ प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने सिफारिस भएकाे पुष्टि गरेका हुन् । गृहकै सिफारिसमा मन्त्रीपरिषद बैठकले थापालाइ प्रहरी महानिरीक्षकमा नियुक्त गरेकाे हाे । मन्त्रीपरिषद बैठक भने अझै जारी छ र अैापचारीक सूचना भने सार्वजनिक भैसकेकाे छैन ।

    २०४९ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका नववियुक्त प्रहरी महानिरीक्षक  शैलेस थापा क्षेत्री  ४ महिनाअघि एआईजीमा बढुवा भएका थिए । प्रहरी महानिरीक्षक बन्ने दाैडमा रहेका अर्का प्रतिस्पर्धी एआईजी हरिबहादुर पाललाइ पछि पार्दै थापाले नेपाल प्रहरीकाे सर्वाेच्च पद प्राप्त गरेका हुन् । थापा प्रहरी संगठनमा इमान्दार, कर्मठ र व्यवसायिक प्रहरी अधिकारीकाे रुपमा चिनिन्छन् । पर्सी बिहीबार उनले पदभार ग्रहण गरेपछि २०७९ वैशाखसम्म उनकाे कार्यकाल रहने छ ।

    उनी माता अलैची र पिता शम्भु थापाका कान्छा छाेरा हुन् । उनका पिता पनि नेपाल प्रहरीकाे निवृत्त डीआइजी हुन् । शैलेस थापा नेपाल प्रहरीकाे सर्वाेच्च पदमा पुगेसंगै उनकाे परिवारमा मात्र हाेइन, सिंगाे कटुन्जे र भक्तपुरबासीमा समेत खुशीयाली छाएकाे छ । उनकाे कार्यकाल प्रहरी संगठनकाे क्षमता, इमान्दारिता र ब्यवसायिकता अभिबृद्धिका लागि स्मरणीय रहने उनका साथीभाइ र शुभचिन्तकहरुले बिस्वास ब्यक्त गरेका छन् । भक्तपुर पाेस्ट पनि उनकाे सफल कार्यकालकाे शुभकामना ब्यक्त गर्दछ ।

    याे पनि 

    भक्तपुरका थापा यसैसाता प्रहरी महानिरीक्षक बन्ने

    प्रतिकृया दिनुहोस्

    बाल यौन दुरुपयोगको मुद्दामा मदन राईलाई साढे दुई वर्ष कैद सजाय

    खोटाङ, २५ माघ २०८१ । बाल यौन दुरुपयोगको मुद्दामा मदन राईलाई अदालतले साढे २ वर्ष...

    उपत्यकाको पत्रकारलाई पनि मिडिया विकास कोषमा सामेल गराउन पत्रकार महासंघको माग

    नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिले प्रेस काउन्सिल नेपाललाई ध्यानाकर्षण पत्र बुझाएको छ । प्रदेश...

    प्रेस चौतारी भक्तपुरमा आशिषको अध्यक्षतामा नयाँ नेतृत्व

    सत्तारुढ दल नेकपा (एमाले)निकट पत्रकार संगठन प्रेस चौतारी नेपालले भक्तपुर जिल्ला शाखामा नयाँ नेतृत्व निर्वाचित...

    कटुन्जे हेल्थपोष्टलाई ईसिजी मेसिन हस्तान्तरण

    सूर्यविनायक-५ को कटुन्जे हेल्थपोष्टलाई सल्लाघारीस्थित पारिजात बचत तथा ऋण सहकारी संस्थाले ईसिजी मेसिन दिएको छ...

    बेलायती राजकुमार एडवार्डकी श्रीमती सोफिया भक्तपुरमा

    बेलायती राजकुमार एडवार्डकी श्रीमती सोफिया भक्तपुर आइपुगेकी छन् । बुधबार बिहान उनी भक्तपुर आइपुगेकी हुन्...