आइजीपी थापा कटुन्जेका, एआईजी कार्की गुन्डुका : नेतृत्व बलियो भएकाे आइजीपीकाे भनाइ

भक्तपुरको कटुन्जे घर भएका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नती भएका भक्तपुरकै प्रद्य‌ुम्‍न कुमार कार्कीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । प्रहरी महानिरीक्षक थापाले कार्कीसंगै अर्का प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाहीसमेत ४ जनालाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । बुधबार दर्ज्यानी चिन्ह पाएका प्रहरी अतिरिक्त महानिरीक्षकद्वय कार्की र शाही नेपाल सरकार मन्त्रीपरिषदको २०७७ साउन १२ गतेको निर्णय अनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नति भएका थिए । संयाेग यस्ताे पर्याेकी प्रहरी महानिरीक्षक थापा र प्रहरी अतिरिक्त महानिरीक्षक कार्की एकै नगरपालिकाका हुन् । थापाको घर सूर्यविनायक पाँचमा पर्छ भने कार्की वडा नम्बर ७ स्थित गुन्डुको कार्की गाउँका हुन् । कार्की प्रहरी महानिरीक्षक बन्ने बाटो भने बन्द भैसकेको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका नै घर भएका नलिनचोक पलासेँका प्रहरी नायव महानिरीक्षक सहकुल बहादुर थापा बर्तमान प्रहरी महानिरीक्षक शैलेश थापा पछिका आइजीपीका दावेदार मानिन्छन । बुधवार दर्ज्यानी चिन्ह प्रदान गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले सामूहिक … Continue reading आइजीपी थापा कटुन्जेका, एआईजी कार्की गुन्डुका : नेतृत्व बलियो भएकाे आइजीपीकाे भनाइ