News Portal

  • आइजीपी थापा कटुन्जेका, एआईजी कार्की गुन्डुका : नेतृत्व बलियो भएकाे आइजीपीकाे भनाइ

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १४ साउन
    ५७४८ पटक
    pradyumna karkiभक्तपुर, १४ साउन

    भक्तपुरको कटुन्जे घर भएका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नती भएका भक्तपुरकै प्रद्य‌ुम्‍न कुमार कार्कीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । प्रहरी महानिरीक्षक थापाले कार्कीसंगै अर्का प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाहीसमेत ४ जनालाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

    बुधबार दर्ज्यानी चिन्ह पाएका प्रहरी अतिरिक्त महानिरीक्षकद्वय कार्की र शाही नेपाल सरकार मन्त्रीपरिषदको २०७७ साउन १२ गतेको निर्णय अनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नति भएका थिए ।

    संयाेग यस्ताे पर्याेकी प्रहरी महानिरीक्षक थापा र प्रहरी अतिरिक्त महानिरीक्षक कार्की एकै नगरपालिकाका हुन् । थापाको घर सूर्यविनायक पाँचमा पर्छ भने कार्की वडा नम्बर ७ स्थित गुन्डुको कार्की गाउँका हुन् । कार्की प्रहरी महानिरीक्षक बन्ने बाटो भने बन्द भैसकेको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका नै घर भएका नलिनचोक पलासेँका प्रहरी नायव महानिरीक्षक सहकुल बहादुर थापा बर्तमान प्रहरी महानिरीक्षक शैलेश थापा पछिका आइजीपीका दावेदार मानिन्छन ।

    बुधवार दर्ज्यानी चिन्ह प्रदान गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले सामूहिक नेतृत्व सदैव संगठनको हितमा लाभकारी हुने चर्चा गर्दै प्रहरी अतिरिक्त महानिरीक्षकमा आफ्ना सहकर्मी कार्की र शाहीको पदोन्नति पश्चात नेतृत्व तह थप बलियो भएको बताएका थिए । आगामी दिनमा संगठनको हितको लागि समेत नेतृत्व तह अत्यन्तै प्रभावकारी हुने विश्वास उनले व्यक्त गरे ।

    उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंह, प्रहरी नायव महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...