बागमती प्रदेशकै सर्वोत्कृष्ट सावित भएपछि भक्तपुर अस्पताल पुरस्कृत

भक्तपुर अस्पताल बागमती प्रदेशकै सर्वोत्कृष्ट अस्पताल सावित भएको छ । प्रदेशभरीको अस्पतालबाट छनौट गर्दा सबैभन्दा उत्कृष्टमा परेपछि भक्तपुर अस्पताल पुरस्कृत भएको हो । बागमती प्रदेश सरकार मातहत रहेको यस अस्पताललाई प्रदेश राजधानी हेटौडामा पुरस्कार प्रदान गरिएको छ । सामाजिक विकाश मन्त्री युवराज दुलालले एक कार्यक्रमका बीच अस्पतालकी मेडिकल सुपरिटेण्डेण्ट डा सुमित्रा गौतमलाई पुरस्कार हस्तान्तरण गरेका छन् । आर्थिक बर्ष २०७६ /७७ को वार्षिक समिक्षा गर्दा भक्तपुर अस्पतालको समग्र उन्नती प्रगती अन्य अस्पतालको भन्दा राम्रो ठहर भएसंगै भक्तपुर अस्पताललाई पुरस्कृत गरिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । अस्पतालको विकाशको समग्र मूल्यांकन गर्दा राष्ट्रिय नीति अनुसार स्वास्थ्यका सुचक इण्डिकेटर अनुसार विकाश र सुधारमा सबैभन्दा राम्रो सावित भएपछि भक्तपुर अस्पतालले पुरस्कार पाएको बताइएको छ । भक्तपुर अस्पतालमा प्रशासनिक नेतृत्व गरिरहेकी डा सुमित्रा गौतम र अस्पताल संचालन तथा विकाश समितिको नेतृत्व गरिरहेका मिलन सुवालको तालमेल मिलेसंगै भक्तपुर अस्पतालले स्थापना र संचालनको इतिहासमै ठूलो विकाश गरेको हो । मेसु डा गौतमको कार्यकाल ८ महिना र अध्यक्ष … Continue reading बागमती प्रदेशकै सर्वोत्कृष्ट सावित भएपछि भक्तपुर अस्पताल पुरस्कृत