News Portal

  • बागमती प्रदेशकै सर्वोत्कृष्ट सावित भएपछि भक्तपुर अस्पताल पुरस्कृत

    हिना सुवाल / भक्तपुरपोस्ट भक्तपुर, २४ कात्तिक
    ५५३९ पटक
    भक्तपुर, २४ कात्तिक

    भक्तपुर अस्पताल बागमती प्रदेशकै सर्वोत्कृष्ट अस्पताल सावित भएको छ । प्रदेशभरीको अस्पतालबाट छनौट गर्दा सबैभन्दा उत्कृष्टमा परेपछि भक्तपुर अस्पताल पुरस्कृत भएको हो ।

    बागमती प्रदेश सरकार मातहत रहेको यस अस्पताललाई प्रदेश राजधानी हेटौडामा पुरस्कार प्रदान गरिएको छ । सामाजिक विकाश मन्त्री युवराज दुलालले एक कार्यक्रमका बीच अस्पतालकी मेडिकल सुपरिटेण्डेण्ट डा सुमित्रा गौतमलाई पुरस्कार हस्तान्तरण गरेका छन् । आर्थिक बर्ष २०७६ /७७ को वार्षिक समिक्षा गर्दा भक्तपुर अस्पतालको समग्र उन्नती प्रगती अन्य अस्पतालको भन्दा राम्रो ठहर भएसंगै भक्तपुर अस्पताललाई पुरस्कृत गरिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । अस्पतालको विकाशको समग्र मूल्यांकन गर्दा राष्ट्रिय नीति अनुसार स्वास्थ्यका सुचक इण्डिकेटर अनुसार विकाश र सुधारमा सबैभन्दा राम्रो सावित भएपछि भक्तपुर अस्पतालले पुरस्कार पाएको बताइएको छ ।

    भक्तपुर अस्पतालमा प्रशासनिक नेतृत्व गरिरहेकी डा सुमित्रा गौतम र अस्पताल संचालन तथा विकाश समितिको नेतृत्व गरिरहेका मिलन सुवालको तालमेल मिलेसंगै भक्तपुर अस्पतालले स्थापना र संचालनको इतिहासमै ठूलो विकाश गरेको हो । मेसु डा गौतमको कार्यकाल ८ महिना र अध्यक्ष सुवालको कार्यकाल १८ महिना मात्र भएता पनि यसबीचमा अस्पताल संचालनको ११६ वर्षपछि भक्तपुर अस्पताल आइसीयु सेवा दिन समेत सफल भएको छ । आधा दर्जन भेन्टिलेटरसहित आइसीयु सेवा संचालन गर्न सफल भएपछि अस्पतालको साख ह्वात्तै बढेको देखिन्छ भने अझै २ दर्जन बेडसहित अस्पतालले एचसीयु संचालनको तयारी थालेको छ । त्यतिमात्र होइन, भक्तपुर अस्पतालमा ल्याप्रोस्कोपी सर्जरी समेत शुरु भएको छ । ल्याप्रोस्कोपी सर्जरी भनेको दूरबिनबाट गरिने शल्यक्रिया हो । यो सर्जरी शुरु भएसंगै काठमाडौ गएर सर्जरी गर्नुपर्ने दिनको अन्त्य भएको भन्दै बिरामीहरु खुशी भएका छन् । यस अघि रिफर सेन्टरको रुपमा बदनामी कमाएको अस्पताल अहिले विरामीको पहिलो रोजाइ बन्न सफल भएको देखिन्छ ।

    कोभिड १९ रोकथाम र नियन्त्रणका लागि प्रदेशले निर्देशन गरे बमोजिम भक्तपुर अस्पतालले दुधपाटी र खरीपाटीमा गरी २४७ बेडको सुविधासम्पन्न आइसोलेसन सेन्टर संचालन गरिरहेको छ भने स्वाब संकलन गरिररहेको यस अस्पतालले केहि दिन भित्रै स्वाब परीक्षण समेत गर्नेगरी तयारी तिब्र बनाएको छ । टेकुस्थित सरुवा रोग अस्पतालले समेत सशुल्क कोरोना उपचार गरिरहँदा भक्तपुर अस्पतालमा कोभिड १९ उपचार पूर्णता निशुल्क रहेको अध्यक्ष मिलन सुवाल बताउँछन् ।

    आर्थिक वर्ष २०७६ /७७ को वार्षिक समिक्षा गर्दा भक्तपुर अस्पताल प्रथम भै पुरस्कृत हुँदा काम गर्न थप प्रोत्साहन मिलेको मेसु डा सुमित्रा गौतमले प्रतिक्रिया दिएकी छन् । उनले यसको श्रेय अध्यक्ष मिलन सुवाल, सम्पूर्ण डाक्टर,नर्स लगायत मेडिकल र प्रशासनिक कर्मचारीहरुका साथै मन्त्री युवराज दुलाल, सचिव दिपक काफ्ले, सिडिओ हुमकला पाण्डे,जनप्रतिनिधिहरु र अस्पतालका स्थानीय शुभचिन्तकहरुलाई जाने बताइन । भक्तपुर अस्पताल लाई नम्बर एक अस्पतालमा दर्ज गराउन सफल भएसंगै मेसु डा गौतमले आफूलाई एक योग्य डाक्टर र कुशल व्यवस्थापक सावित गरेकी छन् । यस अघि उनी सिन्धुली अस्पतालमा रहेकी थिइन् र उनी हुँदा उक्त अस्पतालले आफूलाई बागमती प्रदेशको सर्वोत्कृष्ट अस्पतालको पहिचान बनाउन सफल रहेको थियो र सो वर्ष यस्तै पुरस्कार प्राप्त गर्न सफल भएको थियो । यस वर्ष डा गौतम स्वास्थ्य सेवामा पुर्याएको योगदानका लागि राष्ट्रपतिद्वारा प्रदान गरिने प्रवल जनसेवा श्री (चतुर्थ)द्वारा विभूषित हुनेहरुकाे सूचीमा समेत परेकी छन् ।

    प्रतिकृया दिनुहोस्

    पहिलो पटक प्रधानमन्त्रीको बिपक्षमा मतदान गरेको नेमकिपा यसपटक तटस्थ

    एउटै कार्यकालमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुईपटक बिश्वासको मत लिएका छन् । पहिलो पटक विश्वासका...

    युट्युब च्यानललाई कारबाही गर्न प्रहरी र युट्युब कम्पनीलाई पत्राचार गर्दै प्रेस काउन्सिल

    प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिताको चरम उल्लङ्घन गर्ने ३५ वटा युट्युब च्यानललाई विशेष अनुगमनमा राखेको...

    शुक्रबार सम्म मन्त्रीपरिषद बिस्तार

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार सम्म मन्त्रीपरिषद बिस्तार गर्ने भएका छन् । बिश्वासको मत पाएपछि...

    शब्द चयन नमिलेको सभामुख घिमिरेको स्वीकारोक्ति, संसद र प्रेसबीच सुमधुर सम्बन्ध हुनुपर्ने जोड

    प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसद र प्रेससँगको सम्बन्ध सुमधुर हुनु पर्नेमा जोड दिए ।...

    स्ववियु निर्वाचनमा झडप नियन्त्रण गर्न हवाई फायर

    बाजुराको बूढीनन्दा नगरपालिका -२ कोल्टीस्थित बूढीनन्दा क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा झडप भएको छ...