कर दिवसमा भक्तपुरका कर्मचारी ढकाल र ब्यवसायी गाैतम पुरस्कृत

आन्तरिक राजस्व कार्यालयले ‘नवौं राष्ट्रिय कर दिवस २०७७’ को अवसर पारेर कर्मचारी रुपक ढकाललाई पुरस्कृत गरेको छ । प्रत्येक कर दिवसका दिन एकजना उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गर्दै आएको कार्यालयले यस वर्ष ढकाललाई पुरस्कृत गरेको हो । रुपक ढकाल आन्तरिक राजस्व कार्यालय भक्तपुरको डाटा इन्ट्री सुपरभाइजर पदमा कार्यरत कर्मचारी हुन् । कर प्रशासनमा रही उल्लेखनीय एवं प्रशंसनीय कार्य गरेवापत उनलाई पुरस्कृत गरिएको कार्यालयले जनाएको छ । पुरस्कृत ढकाल भक्तपुर नगरपालिका वडा नम्बर १० का स्थानीय बासिन्दा समेत हुन् । आइतवार ढकाललाई एक विशेष समारोहका बीच प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले प्रशंसा पत्र र नगद सहित पुरस्कार प्रदान गरेकी छन् । कर्मचारी ढकालसंगै उत्कृष्ट करदाताको रुपमा व्यवसायी होम प्रसाद गौतम (मुकुन्द) समेत पुरस्कृत भएका छन् । कार्यालयले गत आर्थिक वर्षमा सर्वाधिक कर तिरेवापत व्यवसायी गौतमलाई पुरस्कृत गरेको हो । उनी ‘मेडिकल सप्लायर्स’ हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्रजिअ पाण्डेले सेवाग्राहीमैत्री व्यवहार कर्मचारीमा हुनुपर्ने अत्यावश्यक योग्यता भएको बताइन् । प्रजिअ पाण्डेले प्रक्रियाको नाममा … Continue reading कर दिवसमा भक्तपुरका कर्मचारी ढकाल र ब्यवसायी गाैतम पुरस्कृत