वर्षौदेखि अध्यारोमा बस्न बाध्य नगरकाेटबासीका समस्या समाधान हुँदै

बत्ती मुनी अध्यारो भने झैँ वर्षौदेखि बिजुली भएर पनि अध्यारोको समस्या भोगिरहेका नगरकोटका करिब ६ सय घरपरिवारले उक्त समस्याबाट छुट्कारा पाउने भएका छन् । विद्युत आपूर्ती सम्बन्धी प्राविधिक समस्या वर्षौदेखि समाधान नहुँदा अध्यारोमा बस्न विवस उनीहरुले उक्त समस्याबाट छुट्कारा पाउने भएका हुन् । चाँगुनारायण नगरपालिका वडा नम्बर ६ का स्थानीय नेता दीपक तामाङ्गका अनुसार उक्त क्षेत्रका करिब ६ सय घरमा विद्युत प्राधिकरणले वितरण गरेको बिजुलीमा लोड नहुँदा टर्जलाइट जस्तो बत्ती मात्र बल्ने र कम्प्युटर, टिभी,हिटर, मोटर लगायत उपकरण संचालनमा समस्या रहेको छ । वर्षौदेखि उक्त समस्या समाधान नहुँदा स्थानीय आजित बनेका छन् । सोमबार सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का जिल्ला सचिव डिपी ढकालको पहलमा उक्त क्षेत्रको स्थलगत अवलोकन गर्न पुगेका नेपाल विद्युत प्राधिकरण भक्तपुर शाखाका प्रमुख राजकुमार रमणले नगरकोटको विद्युत आपूर्ती सम्बन्धी समस्या एक महिना भित्र समाधान गर्ने प्रतिवद्धता प्रकट गरे । सचिव ढकालले गत उपनिर्वाचनमा आफू उम्मेदवार रहँदा चाँगुनारायण क्षेत्रका मतदातालाई विद्युत आपूर्तीको समस्या समाधान गर्ने बचन दिएको … Continue reading वर्षौदेखि अध्यारोमा बस्न बाध्य नगरकाेटबासीका समस्या समाधान हुँदै