News Portal

  • वर्षौदेखि अध्यारोमा बस्न बाध्य नगरकाेटबासीका समस्या समाधान हुँदै

    भक्तपुरपोस्ट संवाददाता चाँगुनारायण, १५ मंङ्सिर
    ३७८९ पटक
    चाँगुनारायण, १५ मंङ्सिर

    बत्ती मुनी अध्यारो भने झैँ वर्षौदेखि बिजुली भएर पनि अध्यारोको समस्या भोगिरहेका नगरकोटका करिब ६ सय घरपरिवारले उक्त समस्याबाट छुट्कारा पाउने भएका छन् । विद्युत आपूर्ती सम्बन्धी प्राविधिक समस्या वर्षौदेखि समाधान नहुँदा अध्यारोमा बस्न विवस उनीहरुले उक्त समस्याबाट छुट्कारा पाउने भएका हुन् ।

    चाँगुनारायण नगरपालिका वडा नम्बर ६ का स्थानीय नेता दीपक तामाङ्गका अनुसार उक्त क्षेत्रका करिब ६ सय घरमा विद्युत प्राधिकरणले वितरण गरेको बिजुलीमा लोड नहुँदा टर्जलाइट जस्तो बत्ती मात्र बल्ने र कम्प्युटर, टिभी,हिटर, मोटर लगायत उपकरण संचालनमा समस्या रहेको छ । वर्षौदेखि उक्त समस्या समाधान नहुँदा स्थानीय आजित बनेका छन् ।

    सोमबार सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का जिल्ला सचिव डिपी ढकालको पहलमा उक्त क्षेत्रको स्थलगत अवलोकन गर्न पुगेका नेपाल विद्युत प्राधिकरण भक्तपुर शाखाका प्रमुख राजकुमार रमणले नगरकोटको विद्युत आपूर्ती सम्बन्धी समस्या एक महिना भित्र समाधान गर्ने प्रतिवद्धता प्रकट गरे । सचिव ढकालले गत उपनिर्वाचनमा आफू उम्मेदवार रहँदा चाँगुनारायण क्षेत्रका मतदातालाई विद्युत आपूर्तीको समस्या समाधान गर्ने बचन दिएको बताउदै त्यसको लागि उर्जा मन्त्रालयमा समेत आवस्यक समन्वय भैसकेको र थप समन्वय गर्न आफूहरु तयार रहेको प्रष्ट पारेका थिए । पूर्ण क्षमताको ट्रान्सफर्मर स्थापना गर्न र काठको पोल बिस्थापित गर्दै उच्च प्रवाह क्षमताको विधुतीय तार समेत जडान गर्नुपर्नेमा जोड दिंदै नेता ढकालले वितरण केन्द्रका प्रमुख रमणलाई फास्ट ट्याकमा काम गर्न अनुरोध गरेका थिए ।

    स्थलगत अवलोकन पछि नेपाल विद्युत प्राधिकरण भक्तपुर शाखाका प्रमुख राजकुमार रमणले आफूले तत्कालै प्राविधिक टोली खटाइ योजना बनाउने र एक महिना भित्र समस्या समाधान गर्ने बताए । स्थानीय आवस्यकता अनुरुप ट्रान्सफरमर जडान तथा पोल र तार बिस्तारमा कार्यालयले कुनै कन्जुस्याई नगर्ने उनले प्रतिबद्धता प्रकट गरे ।

    उक्त अवसरमा नेकपाको बागमती प्रदेशस्तरीय सुशासन समितिका अध्यक्ष समेत रहेका नेता देवेन्द्र श्रेष्ठ ‘दिवाकर’, स्थानीय नेता कान्छा तामाङ्ग, वडाध्यक्ष सन्त बहादुर वाइवा लगायतको सहभागिता रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...