छेन्दुका लागि महावाणिज्य दूत हुँदै कटुन्जेका घिमिरे
चीनको सिचुवान प्रान्तस्थित व्यापारिक शहर छेन्दुका लागि नेपाली महावाणिज्य दूतमा निजामति सेवाका बरिष्ठ सहसचिव दिनेश कुमार घिमिरेको नाम सिफारिस गरिएको छ । परराष्ट्र मन्त्रालयले छेन्दुका लागि नेपाली महावाणिज्य दूतमा घिमिरेलाई योग्य देखेपछि उनको नाम मन्त्रीपरिषदमा पठाएको हो । परराष्ट्रको आग्रहमा सामान्य प्रशासन मन्त्रालयले घिमिरेको नाम मन्त्रिपरिषदमा पठाएको श्रोतले पुष्टि गरेको छ । अब बस्ने मन्त्रीपरिषद बैठकले छेन्दुका लागि नेपाली महावाणिज्य दूतमा घिमिरेलाई नियुक्त गर्ने बताइएको छ । घिमिरे लामो समय देखि प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा कार्यरत रहेका छन् । झापा स्थायी घर भएका घिमिरे प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र हुन् । ओली प्रधानमन्त्री भएदेखि नै उनले प्रधानमन्त्री कार्यालय छाडेका छैनन् । लोप्रोफ़ाइलमा रहेर हाइ रिजल्ट दिन रुचाउने घिमिरे निर्वाचनका बेला निर्वाचन आयोगमा रहेका थिए । त्यस अघि उद्योग मन्त्रालयमा रहेर कामको अनुभव संगालेका घिमिरेले सर्लाही, स्याङ्जा लगायत जिल्लामा सिडिओ भएर पनि आफ्नो प्रशासनिक योग्यताको परिचय दिईसकेका छन् । भक्तपुरको कटुन्जे मनाेरम बस्तीमा बसोबास गर्दै आएका घिमिरे शान्त स्वभाव र मिलनसार … Continue reading छेन्दुका लागि महावाणिज्य दूत हुँदै कटुन्जेका घिमिरे
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed