सम्पादकीय : प्रधानमन्त्रीको उल्टो यात्रा

पछाडि फर्किएर अगाडिको यात्रा सम्भव छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले आजदेखि यहिँ यात्रामा देशलाई घिच्याएका छन् । असंबैधानिक ‘कु’ मार्फत उनले प्रतिनिधि सभालाई भंग गर्न गरेको सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले हतारमा सदर गरेसंगै लोकतान्त्रिक व्यवस्थाको उल्टो यात्रा शुरु भएको छ । नेपाली जनताको वर्षौदेखिको बलिदानी तथा सशस्त्र जनयुद्ध र विभिन्न जनआन्दोलनको परिणामस्वरुप प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रमा देशले अग्रगामी दिशा लिने र समृद्धिको बाटो समात्ने आम अपेक्षा बिपरित जनताले फेरिपनि राजनीतिक अधिकारको लागि संघर्ष गर्नुपर्ने परिस्थितिको पटाक्षेप भएको छ । प्रधानमन्त्री ओलीको यो असंबैधानिक कदमले देशमा पहिलोपटक जनताले संविधान सभाबाट प्राप्त गरेको संविधानको उपेक्षा भएको छ भने संविधानको संरक्षक मानिने राष्ट्रपति यसको मतियार हुनु दुखद् परिदृश्य देखिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले ‘आफ्नो घरको झगडा मिलाउन नसकेपछि गाउँ नै आगो लगाउने’ अपराधीकै शैलीमा आफ्नो पार्टीको झगडामा प्रतिशोधपूर्ण प्रतिक्रियास्वरुप प्रतिगमनको नीति अख्तियार गरेका घाम जत्तिकै छर्लंग छ तरपनि त्यो आगो निभाउन पहल लिनुको सट्टा उल्टै … Continue reading सम्पादकीय : प्रधानमन्त्रीको उल्टो यात्रा