पत्रकार महासंघमा पोख्रेल नेतृत्वको प्यानल निर्वाचित, भक्तपुरका किलम्बू भए केन्द्रीय सचिव

नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोख्रेल भारी मतले निर्वाचित भएका छन् । शनिबार सम्पन्न मतगणनाबाट पोखरेलसहित उनी नेतृत्वको पूरै प्यानल बिजयी बनेको हो । निकटत्तम प्रतिद्वन्दी रहेकी निर्मला शर्माले ३९१५ मत प्राप्त गर्दा पोख्रेल ६९४२ सहित बिजयी बनेका हुन् । उनकै प्यानलबाट रमेश विष्टले वरिष्ठ उपाध्यक्षमा माधव नेपाललाई पराजित गरेका छन् भने महिला उपाध्यक्षमा बाला अधिकारीले दाना केसीलाई पराजित गरेकी छन् । त्यसैगरी समावेशी उपाध्यक्षमा अवधेश झालाई पराजित गर्दै उदय जिएम निर्वाचित भएका छन् । महासचिवमा पनि पोख्रेल प्यानलकै रोशन पुरीले बाजी मारे । अघिल्लो पटक पनि पराजयको स्वाद चाखिसकेका बालकृष्ण बस्नेतलाई पुरीले साजिलै पराजित गर्न सफल भएका हुन् । यस्तै सोही प्यानलका गोविन्दप्रसाद चौलागाईंले खुला सचिवमा रामकृष्ण ज्ञवालीलाई पराजित गरेका छन् । महिला सचिवमा सिर्जना अर्याल शर्माले निमा काफ्लेलाई पराजित गरिन् । आदिवासी जनजातितर्फको सचिवमा नारायण सुन्दर किलम्बू निर्वाचित भएका छन् । उनी भक्तपुर शाखाका पूर्व अध्यक्ष समेत हुन् । कान्तिपुर टिभीमा कार्यरत किलम्बूले करिब डबल मतका साथ् प्रतिस्पर्धीहरुलाई … Continue reading पत्रकार महासंघमा पोख्रेल नेतृत्वको प्यानल निर्वाचित, भक्तपुरका किलम्बू भए केन्द्रीय सचिव