News Portal

  • पत्रकार महासंघमा पोख्रेल नेतृत्वको प्यानल निर्वाचित, भक्तपुरका किलम्बू भए केन्द्रीय सचिव

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २८ चैत
    २०६३ पटक
    भक्तपुर, २८ चैत

    नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोख्रेल भारी मतले निर्वाचित भएका छन् । शनिबार सम्पन्न मतगणनाबाट पोखरेलसहित उनी नेतृत्वको पूरै प्यानल बिजयी बनेको हो ।

    निकटत्तम प्रतिद्वन्दी रहेकी निर्मला शर्माले ३९१५ मत प्राप्त गर्दा पोख्रेल ६९४२ सहित बिजयी बनेका हुन् । उनकै प्यानलबाट रमेश विष्टले वरिष्ठ उपाध्यक्षमा माधव नेपाललाई पराजित गरेका छन् भने महिला उपाध्यक्षमा बाला अधिकारीले दाना केसीलाई पराजित गरेकी छन् । त्यसैगरी समावेशी उपाध्यक्षमा अवधेश झालाई पराजित गर्दै उदय जिएम निर्वाचित भएका छन् ।

    महासचिवमा पनि पोख्रेल प्यानलकै रोशन पुरीले बाजी मारे । अघिल्लो पटक पनि पराजयको स्वाद चाखिसकेका बालकृष्ण बस्नेतलाई पुरीले साजिलै पराजित गर्न सफल भएका हुन् । यस्तै सोही प्यानलका गोविन्दप्रसाद चौलागाईंले खुला सचिवमा रामकृष्ण ज्ञवालीलाई पराजित गरेका छन् । महिला सचिवमा सिर्जना अर्याल शर्माले निमा काफ्लेलाई पराजित गरिन् ।

    आदिवासी जनजातितर्फको सचिवमा नारायण सुन्दर किलम्बू निर्वाचित भएका छन् । उनी भक्तपुर शाखाका पूर्व अध्यक्ष समेत हुन् । कान्तिपुर टिभीमा कार्यरत किलम्बूले करिब डबल मतका साथ् प्रतिस्पर्धीहरुलाई पराजित गर्न सफल भए । उनले आफ्नो निकटत्तम प्रतिस्पर्धी शाहीमान राइका बिरुद्ध ६ हजार ३ सय मतसहित बिजय हात पारे । किलम्बूलाई भक्तपुर शाखाबाट १७४ मत खस्दा १२९ मत प्राप्त भएको थियो ।

    सचिव मधेसीतर्फ दीपेन्द्र चौहान, सचिव दलिततर्फ हेमकर्ण विक, सचिव एशोसिएट पवन आचार्य निर्वाचित भएका छन् भने कोषाध्यक्षमा कलेन्द्र सेजुवाल र लेखा समिति संयोजकमा लेखनाथ न्यौपाने निर्वाचित भएका छन् । उनीहरु सबै पोख्रेल प्यानलका हुन् । पोख्रेल प्यानलले पदाधिकारीमा शर्मा प्यानललाई पुरै बढारिदिएको छ । सदस्यहरूमा समेत अधिकांश पोख्रेल प्यानल बाटै निर्वाचित भएका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...