को हुन् नाथुराम गोड्से

शुक्रवार वागमती प्रदेश सभामा नेपाली काँग्रेसका सांसद नरोत्तम बैद्यले आफू नाथुराम गोड्से बन्न सक्ने बताए । सांसद  वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीको मनोमानीले देशै नरहने खतरा बढेको बताउदै त्यो रोक्न नाथुराम गोड्सेको आवश्यकता रहेको र आवश्यक परे आफू नै गोड्से बन्ने बताएका थिए । शनिबार प्रदेश सभाको बैठक सुरु भए लगत्तै सभामुखसँग समय मागेर उनले भावावेशमा आएर त्यस्तो अभिव्यक्ति दिएको भन्दै आत्मालोचना सहित सो अभिव्यक्ति फिर्ता लिएका छन् ।उनले आत्मालोचनासहित अभिव्यक्ति फिर्ता लिँदै सो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन अनुरोध गरेपछि सभामुखले सो अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन दिएका छन् । उनको सो अभिव्यक्तिको चौतर्फी विरोध भएको थियो भने उनकै पार्टी काँग्रेसले समेत अभिव्यक्ति फिर्ता लिन निर्देशन दिएको थियो । वैद्य काठमाडौ निर्वाचन क्षेत्र नम्बर ४ क बाट प्रदेश सभा सदस्यका लागि निर्वाचित सांसद हुन् । उनले आफू गान्धीवादी नेता भएपनि भावावेशमा गोड्से बन्ने अभिव्यक्ति आएको भन्दै उक्त अभिव्यक्ति फिर्ता लिएका छन् । आफूलाई गान्धीवादी दावी गर्ने सांसदबाटै गान्धीकै हत्यारा गोड्से बन्ने … Continue reading को हुन् नाथुराम गोड्से