News Portal

  • को हुन् नाथुराम गोड्से

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २९ जेठ २०७८
    २९१४ पटक
    भक्तपुर, २९ जेठ २०७८

    शुक्रवार वागमती प्रदेश सभामा नेपाली काँग्रेसका सांसद नरोत्तम बैद्यले आफू नाथुराम गोड्से बन्न सक्ने बताए । सांसद  वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीको मनोमानीले देशै नरहने खतरा बढेको बताउदै त्यो रोक्न नाथुराम गोड्सेको आवश्यकता रहेको र आवश्यक परे आफू नै गोड्से बन्ने बताएका थिए ।

    शनिबार प्रदेश सभाको बैठक सुरु भए लगत्तै सभामुखसँग समय मागेर उनले भावावेशमा आएर त्यस्तो अभिव्यक्ति दिएको भन्दै आत्मालोचना सहित सो अभिव्यक्ति फिर्ता लिएका छन् ।उनले आत्मालोचनासहित अभिव्यक्ति फिर्ता लिँदै सो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन अनुरोध गरेपछि सभामुखले सो अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन दिएका छन् ।

    उनको सो अभिव्यक्तिको चौतर्फी विरोध भएको थियो भने उनकै पार्टी काँग्रेसले समेत अभिव्यक्ति फिर्ता लिन निर्देशन दिएको थियो ।

    वैद्य काठमाडौ निर्वाचन क्षेत्र नम्बर ४ क बाट प्रदेश सभा सदस्यका लागि निर्वाचित सांसद हुन् । उनले आफू गान्धीवादी नेता भएपनि भावावेशमा गोड्से बन्ने अभिव्यक्ति आएको भन्दै उक्त अभिव्यक्ति फिर्ता लिएका छन् । आफूलाई गान्धीवादी दावी गर्ने सांसदबाटै गान्धीकै हत्यारा गोड्से बन्ने अभिव्यक्ति आउनु उनले भने झैँ भावावेश हो वा, होइन त्यो भने उनी नै जानून् । आउनुस नाथुराम गोड्से बारे केहि चर्चा गरौँ ।

    को हुन् गोड्से
    नाथुराम गोड्से राजनीतिक कार्यकर्ता हुन् । उनले भारतका राष्ट्रपिता मानिने नेता महात्मा गान्धीलाई गोली हानी हत्या गरेका थिए । ३० जनवरी १९४८ मा गोड्सेले तीन गोली गान्धीको शरीरमा उतारे जसका कारण गान्धीको मृत्यु भयो ।
    कसरी गरे हत्या
    गोड्सेले अन्य छ जनासंग मिलेर गांधीको हत्या गर्ने योजना बनाए । उनले नयाँ दिल्लीस्थित एक हवेली विडला हाउसमा पुगेर गान्धीको हत्या गरे । गान्धीले पछिल्लो १४४ दिन उक्त घरमा बिताएका थिए । उनी हरेक साँझ त्यहाँ प्रार्थना गर्थे । ३० जनवरी १९४८ को साँझमा संध्याकालीन प्रार्थनाका समयमा नाथूराम गोडसेले सामनेबाटै उनीमाथि तीन गोली हाने । त्यस समय गान्धी आभा र मनुको काँधमा हात राखेर मंचतर्फ बढिरहेका थिए । उनको सामने नाथूराम गोड्सेले नमस्कार भने । उनका सहयोगीले बाटो छोड्न आग्रह गरे । गोड्सेले हातमा लुकाएको सानो पेस्तोलबाट गान्धीको छातीमा ३ गोली प्रहार गरे । २ गोली शरीर छेडेर निस्कियो भने एक गोली शरीर भित्रै रह्यो । अहिंसावादी नेता गान्धी त्यहीं ढले । गोड्से पक्राउ परे । उक्त घटनामा अन्य कोही घाइते भएनन् ।

    किन बने गान्धीका हत्यारा
    महात्मा गान्धीले अंग्रेजलाई भारतबात लखेट्न नेतृत्व गरे तर उनले भारत टुक्राएर पाकिस्तान बनाएको गोड्सेलाई मन परेन । उनी कट्टर हिन्दुवादी थिए र हिन्दी पत्रिका हिंदू राष्ट्रका सम्पादक पनि थिए । हिन्दुत्वको विचारमा उत्तेजना भर्ने गांधीले जब मुस्लिमको पक्षमा आफ्नो उपवास राखे तब आफूले गांधीको अस्तित्व तुरंत खत्म हुनु आवश्यक ठानेको गोड्सेले स्वीकार गरेका छन् । गान्धीले हरेक फैसला लिन आफूलाई सर्वोच्च न्यायाधिस ठान्ने गरेको र  गान्धीले जे सोच्छन त्यही सहि हुने मान्यता गलत भएको उनको निष्कर्ष बन्यो । महात्मा गान्धीका छोरासंग गोड्सेले भने की उनले व्यक्तिगत कारणले नभई केवल राजनीतिक कारणले गान्धीको हत्या गरे ।

    गोड्सेलाई मृत्युदण्ड
    गोडसेलाई १५ नवंबर १९४९ को दिन अंबाला सेंट्रल जेलमा फांसी दिइएको थियो । ८ नवंबरमा उनलाई फासीको सजाय सुनाइएको थियो । गान्धीका २ छोराले सजायलाई रुपान्तरण गर्न भनेपनि सरकारी अधिकारीहरुले मानेनन् र गोड्सेलाई फाँसी दिइयो ।गोड्सेले आफ्नो जीवनको अन्तिममा भनेका थिए की ‘मलाई विश्वास छ , मनुष्य द्वारा स्थापित न्यायालय माथि कुनै न्यायालय भए त्यसमा मेरो कार्यलाई अपराध मानिने छैन, मैले देश र जाती की भलाईकै काम गरेको हुँ ।’

    गोड्सेको मूर्ती र मन्दिर
    गोड्से हिन्दुवादी दल हिंदू महासभा र राष्ट्रीय स्वयंसेवक संघसंग आवद्ध थिए । कट्टर हिन्दुवादीहरु गोड्सेलाई महान मान्दछन । भारतमा गोड्सेको मूर्ती र मन्दिरहरु समेत स्थापना गरिएको छ । सत्तारुढ भारतीय जनता पार्टीले सन् २०१५ को गांधी पुण्यतिथिको अवसर पारेर एक डॉक्यूमेंट्री फिल्म ‘देशभक्त नाथूराम गोड्से’ नै बनायो । गोड्सेको नाममा मेरठ शहरको नाम बदलने प्रस्ताव समेत गरिएको थियो तर, जिल्ला अधिकारीले प्रस्ताव खारेज गरिदिए ।

    गोड्से अहिंसावादी नेता गान्धीको हत्याराका रुपमा दुत्कारिएका छन् भने उनलाई क्रान्तिकारी मानेर पुज्नेहरु पनि छन् ।

    (विकिपीडियाको सहयोगमा )

    प्रतिकृया दिनुहोस्

    यो सरकार काण्ड खोतल्न होइन, मिलाउन बनेको हो : पूर्व प्रधानमन्त्री प्रचण्ड

    पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली भूटानी शरणार्थी लगायतका विभिन्न...

    काठमाडौंमा माओवादी केन्द्रको खबरदारी सभा

    नेकपा माओवादी केन्द्रले आज काठमाडौंमा खबरदारी सभा गरिरहेको छ । सुन्धाराबाट जुलुससहित आएको र्याली प्रदर्शनी...

    भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शुरु

    भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शुरु भएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान...

    भक्तपुरकी सिडिओ श्रेष्ठको सरुवा

    roshani shreshtha cdo

    भक्तपुरकी सिडिओ रोशनीकुमारी श्रेष्ठको सरुवा भएको छ । गृह मन्त्रालयले शुक्रवार उनको सरुवा गरेको हो...

    स्वन्ती नःखा (तिहार) मनाउने सम्बन्धमा भक्तपुर नगरमा पन्चाङ्ग निर्णय

    Tihar

    यस वर्षको स्वन्ती नःखा (तिहार) मनाउने सम्बन्धमा भक्तपुर नगरले पन्चाङ्ग निर्णय गरेको छ । भक्तपुर...