News Portal

  • दक्षिण कोरियामा सैन्य शासन घोषणा

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, १८ मंसिर २०८१
    ६४५ पटक
    भक्तपुर, १८ मंसिर २०८१

    दक्षिण कोरियामा सैन्य शासन घोषणा गरिएको छ । राष्ट्रपति यून सुक यउलले देशमा मार्शल ल (संकटका बेला गरिने सैन्य शासन) को घोषणा गरेका छन्।

    राष्ट्रपतिको पिपुल पावर पार्टी र प्रमुख प्रतिपक्षी दल डेमोक्र्याटिक पार्टीबीच आगामी वर्षको बजेटमा सहमती जुट्न नसकीरहेको अवस्थामा अकस्मात यस्तो घोषणा गरिएको हो । पूर्व संकेत बिनै राष्ट्रपतिले मार्शल लको घोषणा गरेपछि सत्तारूढ र विपक्षी दुवै पार्टीले उक्त घोषणाको विरोध गर्दै प्रतोरोध गर्ने बताएका छन्।

    विपक्षी दल डेमोक्र्याटिक पार्टीका नेता ली जे–म्युङले उक्त घोषणालाई “असंवैधानिक” भनेका छन्।
    राष्ट्रपति यउलको पार्टीका प्रमुख हान डोङ–हुनले पनि उक्त घोषणालाई “गलत” भनेका छन्।

    मार्शल ल उल्लंघन गर्नेलाई सुरक्षाकर्मीले पक्राउ पुर्जि बिनै नियन्त्रणमा लिन सक्नेछन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...