News Portal

  • भारतका स्थल सेनापति द्विवेदी नेपालमा, मानार्थ महारथीको दर्जा प्रदान गरिने

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, ५ मंसिर २०८१
    १२४९ पटक
    भक्तपुर, ५ मंसिर २०८१

    छिमेकी देश भारतका स्थल सेनापति जनरल उपेन्द्र द्विवेदी नेपाल आएका छन् । प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा उनी नेपाल आएका हुन् ।

    भारतीय सेनाको सैनिक श्रीमती कल्याण सङ्घकी अध्यक्षसमेत रहेकी पत्नी सुनिता द्विवेदी सहित नेपाल आएका द्विवेदी पाँच दिन नेपाल भ्रमण गर्ने छन् । टोली पाँच सदस्यीय रहेको छ ।

    उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युद्धकार्य विभागका विभागीय प्रमुख उपरथी प्रेमध्वज अधिकारी र उनकी पत्नीले स्वागत गरेका थिए ।

    द्विवेदीलाई बिहीवार राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरिने विशेष समारोहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...