भक्तपुरका डा बराल सचिवबाट राजिनामा दिने बित्तिकै नाष्टको अध्यक्ष नियुक्त

नेपाल सरकारको सचिव पदबाट राजिनामा दिएका डा खगराज बरालले राजनीतिक नियुक्ति पाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको भक्तपुर बालकोटस्थित घर नजिकै बस्दै आएका बराल राजिनामा लगत्तै राजनीतिक नियुक्ति पाउने अर्का भाग्यमानी सचिव बन्न पुगेका हुन् । डा बरालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिव पदबाट सोमबार राजिनामा दिएका थिए । मंगलवार सरकारले उनलाई नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नाष्ट)को आयोग अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको छ । नाष्टका कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले बराललाई सेवा आयोग अध्यक्षमा मनोनीत गरेका बताइएको छ । आउँदो साउन २५ गते अनिवार्य अवकाश पाउनु अघि नै उनले सोमबार राजिनामा बुझाइ नयाँ पद सुनिश्चित गर्न सफलता प्राप्त गरेका हुन् । एक वर्षदेखि रिक्त रहेको उक्त पदमा सरकारले डा बराललाई नियुक्त गरेको हो । कास्कीको पुम्दीभुम्दीमा जन्मिएका बराल लामो समयदेखि भक्तपुरको मध्यपुर थिमि वडा नम्बर १ मा बसोबास गर्दै आएका छन् । शिक्षा सेवाबाट निजामति सेवामा प्रवेश गरेका बरालले सचिवको रुपमा आफ्नो पाँच वर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न … Continue reading भक्तपुरका डा बराल सचिवबाट राजिनामा दिने बित्तिकै नाष्टको अध्यक्ष नियुक्त