भक्तपुर आफ्नो जन्मभूमी भएको भन्दै हरिप्रभाले भनिन्, इच्छाबिपरित एउटा इँट्टा पनि हालिदैन

काठमाडौँ महानगरपालिकाकी उप प्रमुख हरिप्रभा खड्गी श्रेष्ठले भक्तपुर सल्लाघारीमा बसपार्क बनाउने बारे बैकल्पिक अध्ययन मात्र भएको बताएकी छन् । काठमाडौँ उपत्यकाका सबै नगरलाई ब्यबस्थित नगरपालिकाको रुपमा बिकास गर्न सबैसंग सहकार्य गर्दै जाने उनले प्रतिवद्धता समेत प्रकट गरेकी छन् । भक्तपुर नगरपालिकाले मंगलबार सल्लाघारीमा बसपार्क बनाउने कार्यदलको प्रस्तावप्रति आपत्ति प्रकट गरेको सम्बन्धमा भक्तपुर पोस्टसंग प्रतिक्रिया दिंदै उपप्रमुख खड्गीले उपत्यकाको ट्राफिक ब्यबस्थापन र नगरवासीलाई सहजता प्रदान गर्न बिकल्प मात्र प्रस्तुत गरेको बताउदै त्यो नै अन्तिम उपाय नभएको स्पष्ट पारिन् । उपत्यकाको बातावरणमा सन्तुलन कायम राख्न बढ्दो सवारी चापलाई नियन्त्रण गर्न आफ्नो नेतृत्वमा रहेको कार्यदलले बिकल्पको रुपमा मात्र भक्तपुरको सल्लाघारीलाई सम्भावित बसपार्कको रुपमा लिएको र दिगो रुपमा यो समस्यालाई  समाधान गर्न अन्य स्थानहरुको खोजि भैरहेको उनको भनाइ छ। उपत्यका प्रवेश गर्ने लामा दुरीका सवारीसाधन पूर्वका गाडी पूर्वमा नै र थानकोटबाट प्रवेश गर्ने गाडी चन्द्रागिरी नगरपालिका भित्रै त्यसैगरी दक्षिणकाली भएर प्रवेश गर्ने किर्तिपुर नगरपालिका भित्रै व्यवस्थित बसपार्क बनाउने हो भने सबैलाई सहज हुने उनको … Continue reading भक्तपुर आफ्नो जन्मभूमी भएको भन्दै हरिप्रभाले भनिन्, इच्छाबिपरित एउटा इँट्टा पनि हालिदैन