यसकारण एमसीसी घातक

नेपालमा वैदेशिक सहयोग, अनुदान स्वीकार गर्नेबारे स्पष्ट ब्यबहारिक नीति देखिदैन । स्पष्ट नीतिको अभावमा दाताका स्वार्थको चपेटामा पर्नु परिरहेको छ । दातापिच्छे फरक फरक सम्झौता, सहमति वा शर्तहरु स्वीकार गर्नु परिरहेको छ । प्राय सबैजसो सहयोग र अनुदानमा जे जस्ता शर्तहरू राखिन्छन, त्यसले नेपालको अस्मितामा सधै चोट पुग्ने गरेको छ। नेपालको नीति निर्माण प्रक्रियामा दाताहरु हावी भएका छन । हाम्रो आवश्यकता र प्राथमिकतामा सहयोग अनुदान लिने अभ्यास नै छैन । दाताको स्वार्थमा र उनकै आवश्यकता, प्राथमिकतामा आएको बजेट उनकै योजनाअनुरुप कार्यान्वयन गर्ने गरिन्छ । कसरी वैदेशिक शक्तिको प्रिय बन्न सकिन्छ र सरकार टिकाउन सकिन्छ भन्ने विषय निर्णायक हुन्छ । यही क्रममा अहिले अमेरिकी परियोजना एमसीसी बहसमा छ । एमसीसीमार्फत अमेरिकाले दिने अनुदान लिने वा नलिने भन्नेबारे नेपालमा धेरै मत आएका छन् । केही मानिसहरु एमसीसीले नेपाललाई कायापलट नै बनाउँछ भन्दै यो परियोजना कुनै हालतमा पनि स्वीकार गर्नुपर्छ भनेर अनेक तरहका तर्क गरिरहेका छन् । उनीहरुका तर्क सुन्दा लाग्छ कि एमसीसी … Continue reading यसकारण एमसीसी घातक