भक्तपुर सिडिओमा शर्मा

भक्तपुर जिल्लाको प्रमुख जिल्ला अधिकारी(सिडिओ)मा रुद्रा शर्माको सरुवा भएको छ । गृह मन्त्रालयले गुल्मी बाट उनलाई भक्तपुर सिडिओमा सरुवा गरेको हो । बागलुङकी शर्मा गृह प्रशासनमा अनुभवी सिडिओ हुन् । गुल्मीको सिडिओ हुनु अघि रामेछापमा समेत उनले सिडिओको जिम्मेवारी सम्हालिसकेकी छन् । भक्तपुरको सफल नेतृत्व गरेकी  सिडिओ  हुमकला पाण्डे भक्तपुर हुँदा शर्मा रामेछाप सिडिओ रहेकी थिइन् । भक्तपुरका सिडिओ प्रेमप्रसाद भट्टराई लाई भने प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सरुवा गरिएको गृह श्रोतले जनाएको छ । यस अघि भक्तपुर आउने सम्भावना भएका घनश्याम उपाध्याय लाई भने ललितपुर सिडिओको जिम्मेवारी दिइएको छ ।