जिप्रका भक्तपुरमा सेवाग्राहीलाई स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम

जिल्ला प्रशासन कार्यालय भक्तपुरले आफ्ना सेवाग्राहीहरुलाई स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ । आइतवार विशेष कार्यक्रमका बीच उक्त कार्यक्रम सम्पन्न गरिएको हो । रोगहरुबारे जानकारी नपाउदा, ढिला गरी थाहा पाउदा र लक्षणहरुको बेवास्ता गर्दा क्यान्सर र कलेजो र मृगौला लगायतका गम्भीर रोगले आक्रान्त हुनुपर्ने अवस्था आउने भएकाले सर्वसाधारणलाई सचेत बनाउने उदेश्यले कार्यक्रम आयोजना गरिएको जिल्ला प्रशासन कार्यालय भक्तपुरकी प्रमुख रुद्रादेवी शर्माले बताएकी छन् । कार्यक्रमले कार्यालयमा आएका सेवाग्राहीलाई स्वास्थ्य सम्बन्धी सचेतना फैलाउने र गम्भीर रोग लाग्न बाट बचाउने उनले विश्वास व्यक्त गरिन । जिल्ला प्रशासन कार्यालय भक्तपुरको आयोजनामा गरिएको उक्त कार्यक्रमको सहआयोजक भने जिल्लास्थित ३ प्रमुख सरकारी स्वास्थ्य संस्थाहरु भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र रहेका थिए । यी ३ स्वास्थ्य सस्थाका प्रतिनिधिहरुले सेवाग्राहीलाई क्यान्सर, मिर्गौलालगायतका नसर्ने रोगको बारेमा निःशुल्क परामर्श प्रदान गरेका थिए ।साथै उक्त अवसरमा सेवाग्राहीको नि: शुल्क स्वास्थ्य जाँच समेत गरिएको थियो । कार्यक्रममा भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेण्डेण्ट डा सुमित्रा गौतमले … Continue reading जिप्रका भक्तपुरमा सेवाग्राहीलाई स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम