News Portal

  • जिप्रका भक्तपुरमा सेवाग्राहीलाई स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम

    राजेशमान मानन्धर / भक्तपुर पोस्ट भक्तपुर, १९ पुस २०७८
    २३६३ पटक
    cdo bhaktapurभक्तपुर, १९ पुस २०७८

    जिल्ला प्रशासन कार्यालय भक्तपुरले आफ्ना सेवाग्राहीहरुलाई स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ । आइतवार विशेष कार्यक्रमका बीच उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।

    रोगहरुबारे जानकारी नपाउदा, ढिला गरी थाहा पाउदा र लक्षणहरुको बेवास्ता गर्दा क्यान्सर र कलेजो र मृगौला लगायतका गम्भीर रोगले आक्रान्त हुनुपर्ने अवस्था आउने भएकाले सर्वसाधारणलाई सचेत बनाउने उदेश्यले कार्यक्रम आयोजना गरिएको जिल्ला प्रशासन कार्यालय भक्तपुरकी प्रमुख रुद्रादेवी शर्माले बताएकी छन् । कार्यक्रमले कार्यालयमा आएका सेवाग्राहीलाई स्वास्थ्य सम्बन्धी सचेतना फैलाउने र गम्भीर रोग लाग्न बाट बचाउने उनले विश्वास व्यक्त गरिन ।

    जिल्ला प्रशासन कार्यालय भक्तपुरको आयोजनामा गरिएको उक्त कार्यक्रमको सहआयोजक भने जिल्लास्थित ३ प्रमुख सरकारी स्वास्थ्य संस्थाहरु भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र रहेका थिए । यी ३ स्वास्थ्य सस्थाका प्रतिनिधिहरुले सेवाग्राहीलाई क्यान्सर, मिर्गौलालगायतका नसर्ने रोगको बारेमा निःशुल्क परामर्श प्रदान गरेका थिए ।साथै उक्त अवसरमा सेवाग्राहीको नि: शुल्क स्वास्थ्य जाँच समेत गरिएको थियो ।

    कार्यक्रममा भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेण्डेण्ट डा सुमित्रा गौतमले जिल्ला प्रशासन कार्यालयले कार्यक्रम मार्फत भक्तपुरका ३ ठुला सरकारी स्वास्थ्य संस्थालाई एकापसमा जोड्ने कार्य गरेको भन्दै यस्ता कार्यक्रमको निरन्तरतामा जोड दिएकी थिइन् । उनले जिल्लाको स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन एकै ठाउँमा रहेका यी तीनै वटा स्वास्थ्य सस्थालाई समेटेर एक स्वास्थ्य प्रतिष्ठान बनाउनुपर्ने आवश्यकता समेत औल्याइन ।

    त्यसैगरी भक्तपुर क्यान्सर अस्पतालका प्रमुख कार्यकारी निर्देशक प्रा. डा. विष्णुदत्त पौडेलले अधिकांश क्यान्सरको प्रमुख कारकतत्व सुर्तीजन्य पदार्थ रहेकोले यसको सेवनलाई निषेध गर्नुपर्नेमा जोड दिए । यसका लागि सुर्तीजन्य पदार्थ सम्बन्धी ऐनको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ । ”कम्तीमा पनि स्वास्थ्य संस्था, शिक्षण संस्था र मठमन्दिरको एक सय मिटर दुरीमा सुर्तीजन्य पदार्थको विक्रि वितरणमा रोक लगाउनुपर्छ ।” उनले भने ।

    कार्यक्रममा शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रकी डा. कल्पना श्रेष्ठले नेपालमा मिर्गौला रोगको बढिरहेको तर्फ सचेत हुँदै यसको रोकथाम र न्यूनिकरणका लागि स्थानीय स्तरमा जनचेतना फैलाउनुपर्ने जनाऎके छन् । रोग जटिल बनेपछि अस्पताल आउने भन्दा रोग लाग्ने नदिने वा लक्षण देख्नासाथ अस्पताल आउने बानीको बिकास गर्नुपर्ने उनले बताइन । त्यसका लागि सचेतना नै प्रमुख भएको उनको भनाइ छ ।

    जिल्ला समन्वय समितिकी उपप्रमुख सरिता कुँवरले क्यान्सर र मिर्गौला रोगको प्रमुख कारण रक्सि र चुरोटखैनी भएको भन्दै यसको सर्वसुलभ खरिदबिक्रीमा बन्देज गर्नुपर्ने बताइन ।

    उक्त अवसरमा जिल्लामा क्रियाशील राजनीतिक दलका प्रतिनिधिहरु समेत उपस्थित रहेका थिए । कार्यक्रममा नेकपा(एमाले)का अध्यक्ष बचन देउजा, नेमकिपाका अध्यक्ष न्हुछेभक्त फोजू,नेपाली काँग्रेसका प्रतिनिधि जीवन खत्री, नेकपा माओवादी (केन्द्र)का प्रतिनिधि सुनिल गोठे बासु लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष जगतकृष्ण प्रजापति, भक्तपुर बारका अध्यक्ष रविन्द्र प्रधान त्यसैगरी इन्द्रबक्स गणका गणपती श्यामराजा बिक्रम थापा, भक्तपुर प्रहरी प्रमुख एसपी शिवकुमार श्रेष्ठ, शसस्त्र एसपी उद्धवबहादुर न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।

    जिल्ला प्रशासन कार्यालयको पहल सकारात्मक भएपनि यो परिणाममुखी भन्दा प्रचारमुखी भएको एक सहभागीले गुनासो गरे । एक दिन आउने सेवाग्राहीलाई सेवा दिएको भरमा कार्यक्रमको उदेश्य पुरा हुन नसक्ने उनले आसंका व्यक्त गरेका छन् । प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्माले भने एक दिन आएका आफ्ना पाँच सय सेवाग्राहीले घर परिवार र छरछिमेकमा जानेका कुरा सेयर गर्दा त्यो ठुलो समुदायमा पुग्ने जिकिर गरिन । उनले केहि नगर्नु भन्दा आफूहरुले सकारात्मक प्रयास गरेको दावी गरेकी छन् । उनले भक्तपुर पोस्टसंग कुरा गर्दै यो कार्यक्रमलाई पालिका स्तरमा पुर्याइने समेत प्रतिवद्धता प्रकट गरिन ।

    आइतवार जिप्रकाको प्रांगणमा सम्पन्न उक्त कार्यक्रममा भक्तपुर रेडक्रसले आयोजना गरेको रक्तदान कार्यक्रममा १३ जना सेवाग्राहीले स्वतःस्फुर्तरुपमा रक्तदान गरेका आयोजकले जनाएको छ । त्यसैगरी प्रत्यारोपण केन्द्रको अंगदान केन्द्रमा ५ जनाले मरणोपरान्त अंगदान गर्ने घोषणा गरेका बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि ७ सय एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...