भक्तपुरमा नेमकिपाको शानदार जीत, विपक्षीहरुलाई जमानत जोगाउनै मुस्किल

भक्तपुरमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले आफ्नो बिरासत कायम राख्दै शानदार जीत हासिल गरेको छ । अघिल्लो स्थानीय निर्वाचनमा जस्तै अन्य दललाई क्लिन स्वीप गरेको नेमकिपाको अन्य प्रतिस्पर्धी दलहरुलाई जमानत समेत जोगाउन मुस्किल पार्दै जीत हासिल गरेको हो । नगर प्रमुखमा नेमकिपाका तर्फबाट उम्मेदवार रहेका सुनिल प्रजापति र उपप्रमुख रहेकी रजनी जोशीले करिब २६ हजार मतान्तरले बिजय हासिल गरेका छन् । मेयरमा प्रजापतिले २९ हजार २ सय ५२ मत प्राप्त गर्दा उनका निकटत्तम प्रतिद्वन्दी नेपाली काँग्रेसका उम्मेदवार रामप्रसाद कासुलाले ३ हजार ४ सय ७ मत मात्र ल्याएका छन् । यस्तै नेकपा एमालेका उम्मेदवार रविन्द्र लाछिमस्यूले २ हजार ८ सय ४१ मत ल्याए भने स्वतन्त्र उम्मेदवार सत्यनारायण त्वायनाले २ हजार ३ सय ९९ मत प्राप्त गर्न सफल भए । स्वतन्त्र उम्मेदवार भन्दा कम मत प्राप्त गर्दै नेकपा (माओवादी केन्द्र) ले आफ्नो प्रभाव गुमाउन पुगेको छ । माओवादी केन्द्रका तुल्सीभक्त सुवालले ७ सय ६१ मतमै चित्त बुझाउनु परेको हो । उनले … Continue reading भक्तपुरमा नेमकिपाको शानदार जीत, विपक्षीहरुलाई जमानत जोगाउनै मुस्किल