News Portal

  • भक्तपुरमा नेमकिपाको शानदार जीत, विपक्षीहरुलाई जमानत जोगाउनै मुस्किल

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २ जेठ २०७९
    २०२९ पटक
    nemakipaभक्तपुर, २ जेठ २०७९

    भक्तपुरमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले आफ्नो बिरासत कायम राख्दै शानदार जीत हासिल गरेको छ । अघिल्लो स्थानीय निर्वाचनमा जस्तै अन्य दललाई क्लिन स्वीप गरेको नेमकिपाको अन्य प्रतिस्पर्धी दलहरुलाई जमानत समेत जोगाउन मुस्किल पार्दै जीत हासिल गरेको हो ।

    नगर प्रमुखमा नेमकिपाका तर्फबाट उम्मेदवार रहेका सुनिल प्रजापति र उपप्रमुख रहेकी रजनी जोशीले करिब २६ हजार मतान्तरले बिजय हासिल गरेका छन् । मेयरमा प्रजापतिले २९ हजार २ सय ५२ मत प्राप्त गर्दा उनका निकटत्तम प्रतिद्वन्दी नेपाली काँग्रेसका उम्मेदवार रामप्रसाद कासुलाले ३ हजार ४ सय ७ मत मात्र ल्याएका छन् । यस्तै नेकपा एमालेका उम्मेदवार रविन्द्र लाछिमस्यूले २ हजार ८ सय ४१ मत ल्याए भने स्वतन्त्र उम्मेदवार सत्यनारायण त्वायनाले २ हजार ३ सय ९९ मत प्राप्त गर्न सफल भए ।

    स्वतन्त्र उम्मेदवार भन्दा कम मत प्राप्त गर्दै नेकपा (माओवादी केन्द्र) ले आफ्नो प्रभाव गुमाउन पुगेको छ । माओवादी केन्द्रका तुल्सीभक्त सुवालले ७ सय ६१ मतमै चित्त बुझाउनु परेको हो । उनले राप्रपाका बद्रि लाखाले पाएको १ हजार ८१ मतलाई समेत उछिन्न सकेनन । मेयरमा राजमोका उम्मेदवार रामभक्त कोजूले ४ सय १० र जसपाका राजाराम ढुकुछुले १ सय २३ मत प्राप्त गरे ।

    कुल खसेको मतको १० प्रतिशत ल्याउन नसक्दा नेमकिपाका मेयर उम्मेदवार सुनिल प्रजापति र उपमेयर उम्मेदवार रजनी जोशी सामू अन्य प्रतिष्पर्धी निकै कमजोर देखिए । निवर्तमान प्रमुख समेत रहेका प्रजापति र निवर्तमान उपप्रमुख रहेकी जोशीले आफूहरुको दोश्रो कार्यकाल थप जनमुखी बनाउने प्रतिवद्धता प्रकट गरेका छन् । जनताको पक्षमा अघिल्लो कार्यकालमा गर्न नसकेका काम गर्ने बाचा गर्दै उनीहरुले पार्टी अध्यक्ष नारायणमान बिजुक्छेंले कल्पना गरेको भक्तपुर नगर बनाउने समेत बताए । भक्तपुर नगरबाट देशभरका नगरपालिकाले सिक्ने गरी कार्यसम्पादन गर्ने उनीहरुको दावी रहेको छ ।

    नेमकिपाले वडा नम्बर १ मा श्याम कृष्ण खत्रीको नेतृत्वमा जीत हासिल गरेको छ । यहाँ एमाले,काँग्रेस र नेकपा (माओवादी केन्द्र)को गठबन्धनलाई पराजित गर्दै खत्री नेतृत्वको प्यानल निर्वाचित भएको हो ।

    वडा नम्बर २ मा देको मिवा इतापाके जग्गा एकीकरणका असन्तुष्ट पक्षका तर्फबाट स्वतन्त्र उम्मेद्वारी परेतापनि नेमकिपाले हरिप्रसाद बासुकलाको नेतृत्वमा जीत हासिल गरेको छ ।

    वडा नम्बर ३ मा रामकृष्ण गोरा र ४ मा उपेन्द्र सुवालको नेतृत्वमा जीत हासिल गरेको छ ।

    त्यसैगरी ५ मा योगेन्द्रमान बिजुक्छेंको नेतृत्वमा जीत हासिल गरेको छ । उनी अध्यक्ष बिजुक्छेंका भाइ समेत हुन् ।

    ६ मा हरिराम सुवाल र ७ मा उकेश कवांको नेतृत्वमा जीत हासिल भएको छ भने ८ मा कृष्णप्रसाद कोजूको नेतृत्वमा जीत हासिल भएको छ ।

    त्यसैगरी ९ मा रवीन्द्र ज्याख्व र १० मा लक्ष्मीप्रसादको नेतृत्वमा नेमकिपाका उम्मेदवारहरुले विजय प्राप्त गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि ७ सय एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...