काँग्रेसले स्थानीय जनप्रतिनिधिहरुको नियमित परीक्षा लिने गगन थापाको खुलासा

नेपाली काँग्रेसका महासचिव गगनकुमार थापाले स्थानीय तहमा काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुको परीक्षा लिइने खुलासा गरेका छन् । उनले वार्षिक रुपमा पार्टीबाट निर्वाचित प्रमुख/ उपप्रमुखहरुको परीक्षा लिइने खुलासा गरेका हुन् । बुधवार भक्तपुरमा आयोजित काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान व्यक्त गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव थापाले आफ्नो पार्टीबाट निर्वाचित मेयर/उपमेयर र वडाका जनप्रतिनिधिहरु जनताप्रति जवाफदेयी हुनुपर्ने र पार्टीको घोषणा पत्रको अधिनमा रही कार्यसम्पादन गर्नुपर्ने आवश्यकता औल्याए । महासचिव थापाले नगरमा निर्वाचित जनप्रतिनिधिको पार्टी केन्द्रले आवधिक परीक्षा लिने योजना बनाइरहेको खुलासा गर्दै त्यसमा खरो उत्रन र पास हुन प्रोत्साहित गरेका थिए । निर्वाचित जनप्रतिनिधिले राम्रो काम नगर्दा जनतामा पार्टीप्रतिको बिश्वास घट्ने र आगामी दिनमा पार्टीले हार्न सक्ने हुँदा पार्टीले कामको अनुगमन र मूल्यांकनको नीति लिएको उनले स्पष्ट पारे । “जिल्लाका नेतासंग बुझी टोपल्ने किसिमको मूल्यांकन बिधि होइन, केन्द्रले तोकेको सूचकको आधारमा केन्द्रीय संयन्त्रबाट मूल्यांकन हुन्छ । ” उनले भने । उनले सेवा मेलाको आयोजना गरी जनताको घरदैलोमा नगरपालिकाको सेवा पुर्याउन सुझाव दिंदै … Continue reading काँग्रेसले स्थानीय जनप्रतिनिधिहरुको नियमित परीक्षा लिने गगन थापाको खुलासा