जिल्ला समन्वय समितिका लागि मतदान शुरु, गोलाप्रथाद्वारा निर्णयको संकेत

जिल्ला समन्वय समिति भक्तपुरको निर्वाचन कार्यतालिका अनुसार मतदान शुरु भएको छ । दरवार स्क्वायरस्थित मूख्य निर्वाचन अधिकृतको कार्यालयमा मतदान शुरु भएको हो । शनिबार मध्याह्न करिब १२:३० बजे भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पहिलो मतदान गरेका छन् । उनीपछि सोही नगरपालिकाकी उपप्रमुख रजनी जोशीले मतदान सम्पन्न गरेकी छन् । अन्य नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान सम्पन्न गरेपछि आजै मतगणना र परिणाम सार्वजनिक गर्ने तयारी रहेको मूख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाले बताए । जिल्ला समन्वय समिति चयन गर्ने निर्वाचनमा जिल्लाका ४ नगरपालिकाका प्रमुख र उपप्रमुख गरी ८ मत रहेको छ । सत्त्तारुढ गठबन्धन  र नेकपा एमाले संग ३-३ मत रहेको छ भने  नेमकिपा संग २ मत रहेको छ । नेपाली कांग्रेस र नेकपा एमालेले नेमकिपा लाई आफ्नो पक्षमा पार्ने प्रयास गरेपनि त्यो संभव हुन नसकेपछि तीनै पक्षको छुट्टाछुट्टै उम्मेदवारी परेको छ । नेकपा एमालेले सत्ता गठबन्धनबाट बिजयी मथ्यपुर थिमिका उपमेयर विजयकृष्ण श्रेष्ठलाई आफूतिर तान्ने प्रयास गरेपनि उनी र उनको दल माओवादी … Continue reading जिल्ला समन्वय समितिका लागि मतदान शुरु, गोलाप्रथाद्वारा निर्णयको संकेत