News Portal

  • जिल्ला समन्वय समितिका लागि मतदान शुरु, गोलाप्रथाद्वारा निर्णयको संकेत

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २८ जेठ २०७९
    २७८३ पटक
    भक्तपुर, २८ जेठ २०७९

    जिल्ला समन्वय समिति भक्तपुरको निर्वाचन कार्यतालिका अनुसार मतदान शुरु भएको छ । दरवार स्क्वायरस्थित मूख्य निर्वाचन अधिकृतको कार्यालयमा मतदान शुरु भएको हो ।

    शनिबार मध्याह्न करिब १२:३० बजे भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पहिलो मतदान गरेका छन् । उनीपछि सोही नगरपालिकाकी उपप्रमुख रजनी जोशीले मतदान सम्पन्न गरेकी छन् । अन्य नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान सम्पन्न गरेपछि आजै मतगणना र परिणाम सार्वजनिक गर्ने तयारी रहेको मूख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाले बताए ।

    जिल्ला समन्वय समिति चयन गर्ने निर्वाचनमा जिल्लाका ४ नगरपालिकाका प्रमुख र उपप्रमुख गरी ८ मत रहेको छ । सत्त्तारुढ गठबन्धन  र नेकपा एमाले संग ३-३ मत रहेको छ भने  नेमकिपा संग २ मत रहेको छ । नेपाली कांग्रेस र नेकपा एमालेले नेमकिपा लाई आफ्नो पक्षमा पार्ने प्रयास गरेपनि त्यो संभव हुन नसकेपछि तीनै पक्षको छुट्टाछुट्टै उम्मेदवारी परेको छ । नेकपा एमालेले सत्ता गठबन्धनबाट बिजयी मथ्यपुर थिमिका उपमेयर विजयकृष्ण श्रेष्ठलाई आफूतिर तान्ने प्रयास गरेपनि उनी र उनको दल माओवादी केन्द्रले भक्तपुरमा नेपाली कांग्रेसको साथ छोड्ने स्थिति नरहेको राजनीतिक विश्लेषण गरिएको छ ।

    थोरै र पार्टी प्रति प्रतिवद्ध मतदाता रहेका कारण क्रस भोटको सम्भावना कम भएको र  मत संख्या बराबर हुने स्पष्ट अवस्था रहेको छ । यदि मत संख्या बराबर भएमा गोला तानेर बिजयी उम्मेदवार घोषणा हुने मूख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाले बताएका छन् । निर्वाचन बाट जिसस प्रमुख र उपप्रमुख सहित ७ सदस्यीय जिल्ला समन्वय समिति निर्वाचित हुने बताइएको छ  ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...