भक्तपुरको नीति तथा कार्यक्रममा शिक्षा : विद्यालयमा नेपाल भाषा देखि एसइइ तयारी परीक्षासम्म

शिक्षामा नमूना नगरपालिकाको रुपमा परिचित भक्तपुर नगरपालिकाले गत वर्षमा जस्तै शिक्षालाई पहिलो प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छें रोहितको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको १२ औं नगर सभाका बीच नगर प्रमुख सुनिल प्रजापतिले शिक्षालाई पहिलो प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । आर्थिक वर्ष २०७९/८० का लागि सार्वजनिक नीति तथा कार्यक्रममा नगरपालिकाले माध्यमिक शिक्षा उतीर्ण परीक्षा(एसइइ) लाई महत्व दिइएको छ । नगरपालिकाले एसइइ परीक्षा अघि पूर्व तयारी परीक्षा संचालन गर्ने व्यवस्था मिलाइने नगर प्रमुख सुनिल प्रजापतिले बताएका छन । कक्षा ५ र ८ को अन्तिम परीक्षा र १० को पूर्व तयारी परीक्षा नगरपालिकाले संचालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको हो । त्यसैगरी नगरपालिकाले माध्यमिक तहका विद्यार्थीलाई राजनीति शास्त्र, भूगोल र सस्कृती पढाउने बताइएको छ । त्यतिमात्र होइन नेपाल भाषा (नेवारी) लाई छुट्टै विषयको रुपमा पठनपाठनको नीति लिइएको छ । ” नगरभित्रका विद्यालयहरूमा इतिहास, भूगोल, राजनीतिशास्त्र, संस्कृति र नेपाल भाषालगायतका विषयहरूमा कक्षा … Continue reading भक्तपुरको नीति तथा कार्यक्रममा शिक्षा : विद्यालयमा नेपाल भाषा देखि एसइइ तयारी परीक्षासम्म