भक्तपुरको स्वास्थ्य नीति : आयुर्वेद उपचार सेवालाई प्रत्येक वडामा पुर्याइने
भक्तपुर नगरपालिकाले आयुर्वेद उपचार सेवालाई वडा वडामा बिस्तार गर्ने नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । १२ औं नगर सभामा नीति तथा कार्यक्रम पेश गर्दै नगर प्रमुख सुनिल प्रजापतिले आयुर्वेद उपचार सेवालाई वडा वडामा बिस्तार गर्ने बताएका हुन् । आर्थिक वर्ष २०७९/८० का लागि सार्वजनिक नीति तथा कार्यक्रममा नगरपालिकाले नगरबासीका लागि निशुल्क रगत उपलब्ध गराउने समेत उल्लेख गरिएको छ । रगत आवश्यक पर्ने बिरामीलाई निशुल्क रगत उपलब्ध गराउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको हो । त्यसैगरी प्रत्येक वडामा चिकित्सकसहितको स्वास्थ्य उपचार केन्द्रहरुको विस्तार गरी सर्व सुलभ स्वास्थ्य उपचार सेवा प्रदान गर्ने व्यवस्था मिलाइने निती तथा कार्यक्रममा भनिएको छ । ख्वप अस्पतालमा प्रसुती सेवा संचालन गर्ने देखि जनताको घरदैलोमा पुगेर स्वास्थ्य शिविर संचालन गर्ने समेत बताइएको छ । हेर्नुस भक्तपुर नगरपालिकाको नीति तथा कार्यक्रममा स्वास्थ्य ख्वप अस्पताललाई सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्न यही वर्षदेखि सिटी स्क्यान सेवा सञ्चालनमा ल्याइनेछ र आवश्यकताअनुसार बिशेषज्ञ सेवा थप्दै लगिने छ । ख्वप अस्पतालमा प्रसुती सेवा … Continue reading भक्तपुरको स्वास्थ्य नीति : आयुर्वेद उपचार सेवालाई प्रत्येक वडामा पुर्याइने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed