News Portal

  • भक्तपुरको स्वास्थ्य नीति : आयुर्वेद उपचार सेवालाई प्रत्येक वडामा पुर्याइने

    भक्तपुरपोष्ट संवाददाता भक्तपुर, ८ असार २०७९
    २०२३ पटक
    भक्तपुर, ८ असार २०७९

    भक्तपुर नगरपालिकाले आयुर्वेद उपचार सेवालाई वडा वडामा बिस्तार गर्ने नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । १२ औं नगर सभामा नीति तथा कार्यक्रम पेश गर्दै नगर प्रमुख सुनिल प्रजापतिले आयुर्वेद उपचार सेवालाई वडा वडामा बिस्तार गर्ने बताएका हुन् ।

    आर्थिक वर्ष २०७९/८० का लागि सार्वजनिक नीति तथा कार्यक्रममा नगरपालिकाले नगरबासीका लागि निशुल्क रगत उपलब्ध गराउने समेत उल्लेख गरिएको छ । रगत आवश्यक पर्ने बिरामीलाई निशुल्क रगत उपलब्ध गराउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको हो ।

    त्यसैगरी प्रत्येक वडामा चिकित्सकसहितको स्वास्थ्य उपचार केन्द्रहरुको विस्तार गरी सर्व सुलभ स्वास्थ्य उपचार सेवा प्रदान गर्ने व्यवस्था मिलाइने निती तथा कार्यक्रममा भनिएको छ ।  ख्वप अस्पतालमा प्रसुती सेवा संचालन गर्ने देखि जनताको घरदैलोमा पुगेर स्वास्थ्य शिविर संचालन गर्ने समेत बताइएको छ ।

    हेर्नुस भक्तपुर नगरपालिकाको नीति तथा कार्यक्रममा स्वास्थ्य

    ख्वप अस्पताललाई सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्न यही वर्षदेखि सिटी स्क्यान सेवा सञ्चालनमा ल्याइनेछ र आवश्यकताअनुसार बिशेषज्ञ सेवा थप्दै लगिने छ । ख्वप अस्पतालमा प्रसुती सेवा सञ्चालन गरिनेछ ।

    वडा—वडामा चिकित्सकसहितको स्वास्थ्यउपचार केन्द्रहरूको विस्तार गरी सर्वसुलभ स्वास्थ्य उपचार सेवाको व्यवस्था मिलाइनेछ ।

    घरदैलो नर्सिङ सेवालाई थप प्रभावकारी बनाउँदै लगिनेछ । घरदैलोमा खटिने नर्स र स्वास्थ्य स्वयम्सेविकाहरूमार्फत नगरबासीहरूको स्वास्थ्य विवरण (प्रोफाइल) तयार गरिनेछ ।

    स्वास्थ्य विशेषज्ञहरूसहितको स्वास्थ्य टोलीबाट समय—समयमा नागरिकहरूको स्वास्थ्य परीक्षण शिविरको व्यवस्था मिलाइनेछ ।

    वडा—वडामा परिचालित स्वास्थ्य स्वयम्सेविकाहरूलाई प्रोत्साहित गर्दै सामाजिक कार्यकर्ताको रूपमा विकास गर्ने नीति लिइनेछ ।

    गम्भीर रोग लागेका बिरामीहरूलाई दिइँदै आएको आर्थिक सहयोग रकमलाई निरन्तरता दिइनेछ । मृगौला, क्यान्सर र मेरुदण्ड पक्षघात भएका बिरामीहरूलाई नेपाल सरकारले तोकेबमोजिम मासिक भत्ताको व्यवस्था गरिनेछ ।

    नागरिकहरूलाई स्वास्थ्य बीमामा सहभागी हुन प्रोत्साहित गरिनेछ ।

    विद्यार्थीहरूको स्वास्थ्यलाई ध्यानमा राखी ख्वप अस्पतालका चिकित्सकहरूमार्फत समय—समयमा शैक्षिक संस्थाहरूमा स्वास्थ्य शिविर सञ्चालन गरिनेछ ।

    ख्वप अस्पतालबाट निःशुल्क रूपमा प्रदान गर्दै आएको अक्सिजन वितरणलाई निरन्तरता दिइनेछ ।

    आयुर्वेदिक उपचार सेवालाई वडा—वडामा विस्तार गर्दै लगिनेछ ।

    रगत आवश्यक पर्ने बिरामी नगरबासीहरूको लागि निःशुल्क रगतको व्यवस्था गरिनेछ ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...