मट्का बिरयानीको उत्कृष्ट स्वाद पस्कदै दुवाकोट मोडको वल्ड टाउन रेस्टुरेन्ट

छिमेकी देश भारतमा असाध्यै लोकप्रिय रहेको बिरयानीको स्वाद नलिने कमै नेपाली हुनुपर्छ । पछिल्लो समय मम र चाउमिन जस्तै बिरयानी पनि नेपालीले मन पराउने खानेकुरा भैसकेको छ । चामललाई मुख्य सामग्रीको रूपमा प्रयोग गरी मर मसला र खसी, कुखुरा वा माछा सहित तयार गरिएको विशेष परिकारलाई बिरयानी भनिन्छ । यसलाई राइतो, चटनी, वा सब्जीसँग खाइन्छ । यो परिकार भारतमा मुगल शासनकालमा उत्पत्ति भएको मानिन्छ । भक्तपुरमा पनि बिरयानीका पारखी बढ्दै गएको बिरयानीका स्वाद पस्कदै आएका दुवाकोट मोड स्थित वल्ड टाउन रेस्टुरेन्टका संचालक रितम प्रधान बताउछन । भक्तपुर सल्लाघारीबाट पुरानो थिमी तर्फ जाने बाटोमा दुवाकोट मोड नपुग्दै बायाँ तर्फ रहेको वल्ड टाउन रेस्टुरेन्टले माटोको भाँडोमा पकाएको मट्का विरियानी पस्कदै आएको छ । मट्का बिरयानीको उत्कृष्ट स्वाद र स्वास्थ्यकर रेसीपीका कारण वल्ड टाउनमा मट्का बिरयानीका पारखीहरु प्रसस्तै आउने गरेका छन् । बिरयानी पारखिहरुको लागि परम्परागत माटोको भाँडामा पाकेको अलग स्वादका साथ बिरयानी पस्कदै आएको वल्ड टाउन रेस्टुरेन्टका संचालक रितम प्रधानले जानकारी दिएका … Continue reading मट्का बिरयानीको उत्कृष्ट स्वाद पस्कदै दुवाकोट मोडको वल्ड टाउन रेस्टुरेन्ट