News Portal

  • मट्का बिरयानीको उत्कृष्ट स्वाद पस्कदै दुवाकोट मोडको वल्ड टाउन रेस्टुरेन्ट

    राजेशमान मानन्धर / भक्तपुर पोस्ट भक्तपुर, २८ असोज २०७९
    २२३५ पटक
    old town resturentभक्तपुर, २८ असोज २०७९

    छिमेकी देश भारतमा असाध्यै लोकप्रिय रहेको बिरयानीको स्वाद नलिने कमै नेपाली हुनुपर्छ । पछिल्लो समय मम र चाउमिन जस्तै बिरयानी पनि नेपालीले मन पराउने खानेकुरा भैसकेको छ ।

    चामललाई मुख्य सामग्रीको रूपमा प्रयोग गरी मर मसला र खसी, कुखुरा वा माछा सहित तयार गरिएको विशेष परिकारलाई बिरयानी भनिन्छ । यसलाई राइतो, चटनी, वा सब्जीसँग खाइन्छ । यो परिकार भारतमा मुगल शासनकालमा उत्पत्ति भएको मानिन्छ ।

    भक्तपुरमा पनि बिरयानीका पारखी बढ्दै गएको बिरयानीका स्वाद पस्कदै आएका दुवाकोट मोड स्थित वल्ड टाउन रेस्टुरेन्टका संचालक रितम प्रधान बताउछन । भक्तपुर सल्लाघारीबाट पुरानो थिमी तर्फ जाने बाटोमा दुवाकोट मोड नपुग्दै बायाँ तर्फ रहेको वल्ड टाउन रेस्टुरेन्टले माटोको भाँडोमा पकाएको मट्का विरियानी पस्कदै आएको छ । मट्का बिरयानीको उत्कृष्ट स्वाद र स्वास्थ्यकर रेसीपीका कारण वल्ड टाउनमा मट्का बिरयानीका पारखीहरु प्रसस्तै आउने गरेका छन् ।

    बिरयानी पारखिहरुको लागि परम्परागत माटोको भाँडामा पाकेको अलग स्वादका साथ बिरयानी पस्कदै आएको वल्ड टाउन रेस्टुरेन्टका संचालक रितम प्रधानले जानकारी दिएका छन् । भारतको उत्तर प्रदेशमा प्रख्यात मटका विरियानीको स्वाद भक्तपुरमा आफूहरुले दिंदै आएको उनको भनाइ छ ।

    माटोको भाँडामा पाकेको खानेकुरा स्वास्थ्यको लागि पनि निकै लाभदायी मानिदै आएको छ । आफ्नो स्वास्थ्य प्रति सचेत खानाप्रेमीहरुले मट्का बिरयानी खाने गरेका वल्ड टाउनका सेफले बताएका छन् । पूर्खाले माटाका भाँडामा नै बनेका खानेकुरा खाने गरेको तर आफूहरुले भने माटोको भाँडोमा बनेको खानेकुराको स्वाद नै भुली सकेको बताउदै स्थानीय राजेन्द्र त्वयनाले मट्का बिरयानीको उत्कृष्ट स्वादले आफूहरुलाई वल्ड टाउनमा तान्ने गरेको बताए । भक्तपुर उद्योग बाणिज्य संघका सदस्य समेत रहेका स्थानीय अमर मानन्धरले बेग्लै स्वादको मज्जा लिन प्राय आफू सपरिवार वल्ड टाउनमा आउने गरेको जानकारी दिए ।


    वल्ड टाउन रेस्टुरेन्टमा बिरयानीको अलावा नेपाली स्पेशल परिकारसहित ईन्डीयन, चाईनिज, ईटलियिन र स्थानीय विभिन्न परिकारहरु समेत पाक्ने गरेका संचालक रितम प्रधानले जानकारी गराए । पूर्ण पारिवारिक वातावरण रहेको रेस्टुरेन्टको सफाई र साजसज्जाले समेत सेवाग्राहीलाई तानिरहेको देखिन्छ । फ्री वाइफ़ाइका अलावा पढ्नका लागि राम्रा कितावहरु राखिदिएर रेस्टुरेन्टले पठन सस्कृतिलाई पनि प्रेरित गरिरहेको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...