पन्ध्र वर्षमा नेपाल कोरिया मैत्री नगर अस्पताल : सिटि स्क्यान उद्घाटन, नर्सिङ्ग कलेजको उद्घोष

मध्यपुर थिमी नगरपालिका मातहत रहेको नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल स्थापनाको पन्ध्र वर्षमा प्रवेश गरेको छ । शुक्रवार अस्पतालमा एक विशेष समारोहबीच पन्ध्रौँ वार्सिकोत्सव मनाइएको हो । उक्त अवसरमा प्रमुख अतिथि रहेका प्रतिनिधि सभा सदस्य दुर्लभ थापा र नगर प्रमुख सुरेन्द्र श्रेष्ठले अस्पतालको नवनिर्मित रेडियोलोजी भवन र सिटि स्क्यान सेवाको उद्घाटन समेत गरेका छन् । यस अघि अस्पतालले सेवा थप गर्ने क्रममा मृगौला डायलासिस सेवा शुरु गरेको थियो । सांसद थापाले स्वास्थ्य सेवा जनताको आधारभूत आवश्यकता भएको भन्दै नगरपालिकाले यसलाई प्राथमिकता दिएर अस्पताललाई सेवाग्राहीमैत्री बनाएकोप्रति सन्तोष व्यक्त गरे । अस्पताललाई सुविधा सम्पन्न बनाउन स्थानीय सरकारको एकल प्रयासले मात्र सम्भव नभएकोले तीनै तहका सरकारको सहयोग र समन्वय हुनुपर्ने उनको भनाइ छ । ” तीनै तहका हामी जनप्रतिनिधि एक भएर लाग्यौं भने यस अस्पताललाई जिल्लाकै सुविधासम्पन्न बनाउन सकिन्छ ।” उनले भने । अस्पताललाई शिक्षा संग जोड्नुपर्नेमा जोड दिंदै सांसद थापाले नेपाल कोरिया मैत्री नगर अस्पताललाई नर्सिङ्ग कलेज बनाउने योजनामा समेत आफ्नो भरपूर … Continue reading पन्ध्र वर्षमा नेपाल कोरिया मैत्री नगर अस्पताल : सिटि स्क्यान उद्घाटन, नर्सिङ्ग कलेजको उद्घोष