भक्तपुर निवासी घिमिरेको सचिवमा पदोन्नती

सरकारले सहसचिव दिनेश कुमार घिमिरेलाई सचिवमा बढुवा गरेको छ । मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले घिमिरेलाई निजामति सेवाको बिशिष्ठ श्रेणी सचिव पदमा पदोन्नती गर्ने निर्णय गरेको हो । लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिले प्रशासनतर्फ रिक्त सचिव पदमा बढुवाका लागि सहसचिवहरु दिनेश कुमार घिमिरे, राधिका अर्याल र चूडामणि पौडेलको नाम सोमबार सिफारिस गरेको थियो । मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले पहिलो बरियतामा रहेका घिमिरेलाई सचिव पदमा पदोन्नती गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी गराएका छन् । घिमिरे चीनको सिचुवान प्रान्तस्थित व्यापारिक शहर छेन्दुका लागि नेपाली महावाणिज्य दूतका रुपमा कार्यरत रहेका छन् । त्यस अघि उनी लामो समय देखि प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा कार्यरत रहेका थिए । झापा स्थायी घर भएका घिमिरे सूर्यविनायक नगरपालिका-५ कटुन्जेकाे मनाेरम बस्ती निवासी हुन् । उनी लो प्रोफ़ाइलमा रहेर हाइ रिजल्ट दिन रुचाउने प्रशासक हुन् । निर्वाचनका बेला निर्वाचन आयोगमा रहेर काम गरेका उनीसंग उद्योग मन्त्रालयमा समेत काम गरेको अनुभव छ । … Continue reading भक्तपुर निवासी घिमिरेको सचिवमा पदोन्नती