१३ वर्षमा मध्यपुर अस्पताल : भक्तपुरमै पहिलोपटक एमआरआई सेवा शुरु

भक्तपुरको नयाँ थिमीस्थित मध्यपुर अस्पताल स्थापनाको १३ वर्ष पुगेको छ । १३ औं वार्षिकोत्सवको अवसरमा बुधवारबाट अस्पतालले एमआरआई सेवा समेत सञ्चालनमा ल्याएको छ। स्थापनाको १३ औं वार्षिकोत्सवको अवसर पारेर मध्यपुर अस्पतालले एमआरआई सेवा सञ्चालनमा ल्याएको हो । केही साता अघिबाट परिक्षणमा रहेको एमआरआई सेवा बुधवारबाट नियमित सेवाको रुपमा शुभारम्भ गरिएको अस्पताल संचालक समितिका अध्यक्ष विष्णुराज कार्कीले बताएका हुन् । बिरामीको उपचार सेवालाई थप प्रभावकारी बनाउन करिव १३ करोड रुपैयाको लागतमा एमआरआई मेसिन भित्राइएको र सोका लागि दक्ष जनशक्ति समेत व्यवस्था गरिएको अध्यक्ष कार्कीले जनाएका छन् । रोग पत्ता लगाउन रेडियोलोजी विधामा एक्सरे, अल्ट्रासाउन्ड र सिटी स्क्यान पछि नयाँ प्रविधिको रुपमा एमआरआई प्रविधिको विकास भएको हो । म्याग्नेटिक रिजोनेन्स इमेजिङ अर्थात् एमआरआई प्रविधि शक्तिशाली चुम्बकको प्रयोगद्वारा शरीरका अंगहरुको सूक्ष्म तथा विस्तृत अध्ययन गर्ने प्रविधिको रुपमा परिचित छ । यसमा चुम्बकीय क्षेत्रमा राखिएको मानव शरीरमा रेडियो तरंग प्रसारण गरेर शरीरका अंगहरु तथा शारीरिक प्रक्रियाको अध्ययन गरिन्छ । यसको अत्यन्त महत्वपूर्ण विशेषता भनेको … Continue reading १३ वर्षमा मध्यपुर अस्पताल : भक्तपुरमै पहिलोपटक एमआरआई सेवा शुरु