News Portal

  • दूधको ट्यांकर त्रिसुली नदीमा खस्यो

    चितवन, २५ माघ
    ९५७ पटक
    चितवन, २५ माघ

    नारायणगढ–मुग्लिन सडकखण्डको गाईघाट नजिकै दूध बोकेको ट्यांकर त्रिशूली नदीमा खस्दा चालक गाडीमा च्यापिएका छन् भने सहचालक बेपत्ता भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार कोहलपुरबाट पोखरातर्फ जाँदै गरेको बा ४ ख ६९५३ नंको ट्यांकर त्रिशूलीमा खसेको हो । काठमाडौँबाट नारायणगढतर्फ जाँदै गरेको ना ७ ख ४३१४ नंको कन्टेनरको ठक्करबाट दूधको ट्यांकर नदीमा खसेको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार ट्यांकरकोे केही भाग मात्र पानीबाहिर देखिएको छ भने अन्य भाग पूरै डुबेको छ । चालक गाडीभित्र च्यापिएको देखिए पनि सहचालक भने देखिएका छ्रैनन् ।

    उद्धारका लागि कुरिनटारबाट सशस्त्र प्रहरी र भरतपुरबाट क्रेनसहितको प्रहरी टोली घटनास्थलतर्फ गएको उहाँले बताउनुभयो । आज बिहान ६ः१३ बजे मात्र प्रहरीले घटनाबारे जानकारी पाएको र घटना कति बेला भयो भन्ने यकिन भएको छैन ।

    चालक र सहचालकको नाम खुल्न सकेको छैन ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...