News Portal

  • आईपीएल : पञ्जाबसँग चेन्नई चार रनले पराजित

    ५७७ पटक

    काठमाडौँ, ३ बैशाख । इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा पञ्जावले चेन्नईलाई ४ रनले हराएको छ । गएरातिको खेलमा १ सय ९८ रनको लक्ष्य पछ्याएको चेन्नईलाई १ सय ९३ रनमा समेट्दै पञ्जाव विजयी भएको हो ।

    मोहालीमा भएको खेलमा चेन्नईका कप्तान महेन्द्रसिंह धोनीले नटआउट ७९ र अम्बाती रायडुले ४९ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । ४४ बलमा ७९ रन बनाउने क्रममा धोनीले ६ चौका र ५ छक्का प्रहार गरेका थिए ।

    पहिले ब्याटिङ गरेको पञजावले क्रिस गेलको ६३ रनको मद्दतमा १ सय ९७ रन बनाएको थियो । गेलले ३३ बलमा ७ चौका र ४ छक्कासहित ६३ रन बनाए । यस्तै, लोकेश राहुलले ३७ र मयांक अग्रवालले ३० रन बनाएका थिए ।

    तीनमध्ये २ खेल जितेको पञ्जाव अंक तालिकाको दोश्रो स्थानमा उक्लिएको छ । तीनमध्ये २ खेल नै जिते पनि रन औषतका आधारमा चेन्नई तेश्रो स्थानमा छ ।

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...