News Portal

  • सार्वजनिक विदा धेरै भएकाले लोकतन्त्र दिवसको विदा कटौति गर्यौँ : मन्त्री पण्डित

    ११ बैशाख
    ७२२ पटक
    ११ बैशाख

    काठमाडौं,

    लोकतन्त्र आए पछिका हरेक वर्ष लोकतन्त्र दिवसका नाममा सार्वजनिक विदा दिइएको थियो । तर यस पटक देखि भने यस दिवसमा दिँदै आएको विदा कटौति गरिएको छ ।

    नेकपा एमाले नेता एवम् संघीय मामिला तथा सामान्य प्रसाशन मन्त्री लालबाबु पण्डितले नेपालमा सार्वजनिक विदा धेरै भएकाले केही विदाहरु कटौति गरिएको बताए ।

    धेरै राष्ट्रिय दिवसको नाममा विदाको आवश्यकता नरहेकाले लोकतन्त्र दिवस मनाउने तर सार्वजनिक विदा नदिने निर्णय गरिएको उनले बताए ।

    “जनताले लोकतन्त्र, गणतन्त्र, प्रजातन्त्र सबैमा जितेको हो । फेरी पनि जित्नका लागि जनता तयार छन् । धेरैवटा जितेको दिनलाई केन्द्रित गरेर संविधान दिवसका दिन राष्ट्रिय दिवस मनाउने निर्णय गरिएको हो ।” पण्डितले भने ।

    दिवसहरुलाई समायोजन गरेर संविधान जारी भएको दिनलाई केन्द्रित गर्ने निर्णय गरिएको उनले बताए ।

    सरकारले विभिन्न ठाउँमा कार्यक्रम गरेर लोकतन्त्र मनाउने तयारी गरेको पण्डितले बताए ।

    सार्वजनिक विदा कटौति गरिए पनि त्यस्ता दिनको महत्वलाई सरकारले कहिल्यै पनि नविर्सने उनको भनाई छ । “इतिहासलाई विर्सेको छैन । विर्सिदैनौँ पनि । जनताले पनि बिर्सिदैनन् ।”

    प्रतिकृया दिनुहोस्

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...