News Portal

  • सरकार लुरे भएको खड्काको आरोप, आफूहरुले सीमानामा काँडेतार लाउने दावी ( हेर्नुस् भिडियो )

    इभक्तपुर संवाददाताकाठमाडौं, १७ बैशाख
    ८४६ पटक
    काठमाडौं, १७ बैशाख

    नेपाल – भारत सीमानामा भएको पछिल्लो भारतीय ज्यादतीको बिरुद्ध भारतीय दूतावास अगाडी प्रदर्शन भएको छ । सिमानामा काँडेतार अभियान , ग्रेटर नेपाल राष्ट्रबादी माेर्चा र राष्ट्रनिर्माण शक्तिको आयोजनामा प्रदर्शन भएको हो ।

    दूतावास अघि उभिएर सहभागीहरुले खबरदारी गरेका छन । नेपालको सार्वभौमसत्तामाथि भारतीय पक्षबाट भएको खेलबाडविरुद्ध खेद प्रकट गर्दै खबरदारी गरिएको हो ।

    नेपालको कञ्चनपुरको दक्षिणी सीमामा गोविन्द गौतमको रगत नसुक्दै भारतीय एसएसबीको बलमिचाईको घटनाले सामाजिक संजाल उत्तेजित बनेको छ । बैशाख १२ मा पुनर्वास नगरपालिका- ९ मा पर्ने १९५ नम्बर सीमा स्तम्भ नजिक जंगली जनावर नियन्त्रण गर्न नेपाली सीमाक्षेत्रका जनताबाट गरिएको प्रयासको विरुद्ध हातपात गर्दै तारबार उखेलेको दृश्यले राष्ट्रबादी नेपालीहरुको स्वाभिमान रोएको हो ।

    आजको बिरोध सभामा बोल्ने बक्ताहरुले सरकारले सीमाको रक्षा गर्नुपर्ने, भारतीय हेपाहा प्रबृत्ति बन्द हुनुपर्ने र सीमानाको समस्या सधैको लागि समाप्त हुनुपर्नेमा जोड दिएका छन् ।

    हेर्नुस् सीमानामा काँडेतार अभियानका अभियन्ता नवल खड्काको सम्बोधन :

    भारतीय SSB ले गरेकाे ज्यादती का बिरूद् भारतिय राजदुतावास लैनचौर अगाडि बिराेध सभा !

    Gepostet von Nawal Khadka am Montag, 30. April 2018

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...