News Portal

  • सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    भक्तपुर पोष्ट संवाददाता काठमाडौं, १९ बैशाख २०८१
    २८४ पटक
    काठमाडौं, १९ बैशाख २०८१

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी छन् । सञ्चार जगत सत्ताको प्रतिपक्षी हुनुपर्छ भन्ने मान्यता सही नभएको र यसले व्यवस्थालाई बलियो बनाउन नसक्ने उनले बताएकी हुन् ।

    बुधवार पत्रकार तथा सञ्चार सम्बद्ध पेशागत तथा समावेशी संगठनका प्रमुखहरुसंगको अन्तक्रियामा बोल्दै मन्त्री शर्माले सत्ता पक्ष र विपक्ष भन्ने हेरेर नभई सञ्चार जगतले खराबीको बिरोध गर्नुपर्ने बताइन । एकात्मक निरङ्कुश व्यवस्थामा राज्य सञ्चालकको बिरोध गर्ने कार्य बिकसित हुँदै जाँदा पत्रकार सत्ताको बिपक्षी भन्ने मान्यता स्थापित हुनपुगेको उनले बताइन । लोकतान्त्रिक गणतन्त्रमा नेतृत्वको खराब पक्षको आलोचना गर्न पाइने तर, व्यवस्थाको रक्षाका लागि पनि पत्रकारको भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ । ”पत्रकारिता क्षेत्रले ध्यान दिनुपर्छकि यो व्यवस्थाका लागि  पत्रकारहरुको पनि ठूलो योगदान छ ।” उनले भनिन्,

    मन्त्री शर्माले अब छिट्टै सञ्चार क्षेत्रको पुनर्संरचना हुने पनि जिकिर गरेकी छन् । आफू नीतिगत सुधारमा केन्द्रित रहेको दावी गर्दै उनले भनिन्, ”मुख्यगरी हामीले कानुन निर्माणमा जोड दिएका छौं, हामीले थालेका कानुन निर्माण प्रक्रियाले पूर्णता पाएपछि नेपालको आम सञ्चार क्षेत्रको पुनर्संरचना हुने सरकारको विश्वास छ ।’’

    मिडिया काउन्सिल विधेयक संघीय संसदमा दर्ता भएको, आम सञ्चार विधेयक र सामाजिक सञ्जाल विधेयक मन्त्रिपरिषद्मा लैजाने तयारीमा रहेको उल्लेख गर्दै मन्त्री शर्माले विज्ञापन नीति लगायत अन्य नीति तथा कानुन परिमार्जनको क्रममा रहेको जानकारी गराइन । सञ्चार र सूचना प्रविधिसँग सम्बन्धित आधा दर्जन जति कानुन निर्माणको प्रक्रियामा रहेको मन्त्री शर्माले बताएकी छन् ।
    नीति, कानुन र संरचनात्मक सुधारबाट अघि बढ्न सुरुमै विज्ञहरुको समिति बनाएर काम थालिएको उल्लेख गर्दै मन्त्री शर्माले विज्ञ र सरोकारवालाहरुको परामर्श लिएपछि मस्यौदा मन्त्रालयको वेबसाइटमा राखेर आम नागरिकको रायसुझाव लिने र त्यसपछि मात्रै बाँकी प्रक्रियामा लैजाने भएकाले विधेयकलाई अन्तिम रुप दिन समय लागेको पनि उनले स्पष्ट पारेकी छन् । ‘विधेयक ल्याउनु मात्रै ठूलो कुरा होइन, विवादरहित बनाएर पारित गर्नुपर्छ भन्नेमा हाम्रो जोड रहेको छ’– उनले भनिन ।

    अन्तरक्रियामा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेल, पूर्वअध्यक्षहरु धर्मेन्द्र झा, डा. महेन्द्र बिष्ट, शिव गाउँले, किशोर नेपाल र मिडिया सोसाइटीका अध्यक्ष शुभशंकर कँडेल, प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत, प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटा, प्रेस यूनियनका उपाध्यक्ष नकुल अर्याल, समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदी, सञ्चारिका समूहकी अध्यक्ष विमला तुम्खेवा, फोनिजका अध्यक्ष गजुरधन राई, मधेशी पत्रकार समाजका अध्यक्ष मोहन सिंह, राष्ट्रिय दलित पत्रकार संघका अध्यक्ष विनोद पहाडी, क्रियाशील पत्रकार महिलाकी उपाध्यक्ष रामकला खड्का, निर्मला शर्मा, लाल ऐरी, फूलमान बललगायतले सुझाव दिएका मन्त्री शर्माका प्रेस संयोजक नरेन्द्र केसीले जानकारी गराएका छन् । मन्त्री शर्माले उनीहरुसंग आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटबारे सुझाव लिएकी उनले बताएका छन् ।

    उक्त अवसरमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्य, सञ्चार मन्त्रालयका सचिव रामकृष्ण सुवेदी, सहसचिव बाबुराम भण्डारीको समेत उपस्थिति रहेको बताइएको छ ।

     

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...