News Portal

  • रक्सीले यसरी बिगार्छ कलेजो

    इभक्तपुर संवाददाता
    ७७७ पटक

    रक्सीमा हुने टक्सिन(बिषादी पदार्थ)को कारण कलेजाको कोषहरूलाई बिस्तारै नष्ट गर्दै जान्छ। निरन्तर रक्सी सेवन गर्दै जाँदा रक्सीले अरु धेरै कोषहरू नष्ट गर्दै जान्छ। यो क्रम थपिंदै जाँदा कलेजो कडा बन्दै जान्छ। कलेजोमा चिल्लो तथा अन्य पदार्थ जम्मा भएको अवस्था पनि हो। यसलाई चिकित्सीय भाषामा फ्याटी लिभर भनिन्छ।

    कलेजो बिग्रिन सुरु भएपछि सुरुको अवस्थामा ग्याष्ट्रिक भए जस्तो हुने, खाना मन नलाग्ने, दाहिने कोखा दुख्ने, खाना पचाउन गाह्रो हुने जस्ता लक्षण देखिन्छन्।यी लक्षण देखिएकै अवस्थामा उपचारमा पुगेमा जीवनशैली फेरिएपछि सामान्य अवस्थामा बिरामी सामान्य अवस्थामा फर्किन सक्छन् । तर धेरै जसो बिरामीहरू ग्याष्टिक भएको भन्दै रक्सी पिउने क्रमलाई रोक्दैनन्।

    रक्सीको कारण कतिपयलाई नदुखेको भान हुन्छ र पुन: रक्सी नै पिउँछन्। तर क्रमिक रुपमा कलेजो फ्याटी लिभरको अवस्था(कलेजो कडा हुने अवस्थाबाट)सिरोसिस(कलेजो सुन्निएर धेरै ठूलो हुने या गिर्खा पलाउने अवस्था)मा पुगिसकेको हुन्छन् । यो अवस्थामा पुगिसकेपछि उपचारमा पुग्दा निको हुन सक्दैन । यो अवस्थामा पुग्दा बिरामीको अनुहार पहेंलो हुने , पेटमा पानी जमेर ठूलो हनुे जस्ता लक्षण देखिन्छन् ।

    प्रतिकृया दिनुहोस्

    रामनवमीमा दिव्येश्वरीको वार्षिक पुजा

    भक्तपुर, ५ बैशाख २०८१ । रामनवमीको अवसरमा मध्यपुर थिमि नगरपालिका–१, लोहकिल्थलीस्थित दिव्येश्वरी मन्दिरमा वार्षिक पुजा...

    नव प्रवेशी ८२ शाखा अधिकृतको पदस्थापन, २९ लाई पालिकामा प्रमुख प्रशासकीयको जिम्मेवारी

    निजामती सेवामा नव प्रवेशी शाखा अधिकृतको पदस्थापन गरिएको छ । ब्याट ३७ का ८२ शाखा...

    मध्यपुर थिमिको सिन्दुर जात्रा र जिब्रो छेड्ने जात्रा सम्पन्न, सुजनले दोश्रो पटक छेडे जिब्रो

    भक्तपुरको मध्यपुर थिमि नगरमा सिन्दुर जात्रा सम्पन्न भएको छ । बिस्का जात्राकै अवसरमा मध्यपुरमा बैशाख...

    महोत्सव समापनमा भक्तपुरका पत्रकार ढकाललाई सम्मान

    भक्तपुर । जिल्लामा लामो समयदेखि पत्रकारितामा क्रियाशील रहेका पत्रकार हेमराज ढकाल सम्मानित भएका छन् ।...

    लेखक खाइजूको भोगाइमा आधारित यमलोक यात्रा सार्वजनिक

    लेखक श्रीराम खाइजूको सातौं कृति  सार्वजनिक भएको छ ।  खाइजूको आफ्नै जीवन संस्मरण समेटिएको पुस्तक...