News Portal

  • पत्रकारले सरकारलाई साथ् दिनुपर्छ : मन्त्री बाँस्कोटा

    नेपालवाल संवाददाताझापा, १६ असार
    ७०२ पटक
    झापा, १६ असार

    सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले देशलाई समृद्धितर्फ लैजान पत्रकारले सरकारलाई साथ् दिनुपर्ने बताएका छन । शुक्रवार झापाको दमकस्थित पत्रकार मञ्चको कार्यालय उद्घाटन गर्दै उनले उक्त कुरा बताएका हुन् ।

    देशलाई समृद्धितर्फ लैजाने जिम्मेवारी सरकारको भएको तर समृद्धि प्राप्त गर्नेतर्फको यात्रामा सञ्चारमाध्यमले पनि साथ दिनुपर्नेमा उनको जोड छ ।‘पत्रकारितामा पोल्टिक्सलाई मिसाउने काम नगरौं।’ उनले भने ।

    सञ्चार जगतले सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका मन्त्री बास्कोटाले भने, ” प्रेस जगत विश्सनीय र व्यावसायिक भइ देश तथा समाजप्रति थप उत्तरदायी बन्न सके मात्र समृद्धि सजिलै सम्भव छ ।”

    संचार जगतलाई थप मर्यादित र व्यावसायिक बनाउने खाँचो रहेको र आफू त्यसको लागि आवश्यक नीतिगत व्यवस्था गर्न लागिपर्ने उनको भनाइ छ । “सञ्चारमाध्यमको नीतिगत व्यवस्थापनमा चुनौती देखिए निराकरणका लागि सरकार गम्भीर छ ।” उनले भने ।

    समाजका बेथिति मात्र केलाएर सञ्चारमाध्यमको दायित्व पूरा नहुने जिकिर गर्दै उनले देश र जनताप्रति जवाफदेही बन्नुपर्नेमा जोड दिए । मन्त्री बाँस्कोटाले पत्रकारिताको लागि एउटै छाता ऐन बनाएर अघि बढ्नु पर्ने समेत बताए ।

    प्रतिकृया दिनुहोस्

    राहत शिक्षक र सरकारबीच सहमति, आन्दोलन स्थगित

    राजधानी केन्द्रित आन्दोलनरत राहत शिक्षकहरूका माग सम्बोधन भएका छन् । सरकार र अन्दोलित राहत शिक्षक...

    ताथलीस्थित महायज्ञमा मेयरको उद्घोष : २०८२ साललाई धार्मिक पर्यटन वर्ष मनाइने

    चाँगु नारायण नगरपालिकाका मेयर जीवन खत्रीले आगामी २०८२ साललाई धार्मिक पर्यटन बर्ष मनाउने तयारी गरिएको...

    मध्यपुर थिमिमा सिंहावलोकनको नयाँ शुरुवात

    madhyapur thimi municipality thimi

    मध्यपुर थिमि नगरपालिकाले वार्षिक प्रगतीको समीक्षा गर्ने प्रचलन शुरु गरेको छ । नगरपालिकाले चागु आवको...

    ताथलीमा महायज्ञको उद्घाटन : सांसद थापाले गरे आयोजक बालयोगेश्वर विजयमूर्तिको प्रशंसा

    भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले राज्यले गर्नुपर्ने काम बालयोगेश्वर विजयमूर्ति...

    बेहुली झैं बन्यो ताथली : भक्तजन संगै तानिए टिकटकर

    भक्तपुरको चाँगुनारायण ९ ताथलीमा बिहीबारबाट सुरु हुने श्रीमदभागवत विराट पितृ मुक्ति ज्ञान महायज्ञको तयारी सम्पन्न...