News Portal

  • कैलाली विष्फोटमा पाँच घाइते

    कैलाली, २ साउन
    ६५५ पटक
    कैलाली, २ साउन

    कैलालीको धनगढी उपमहानगरपालिकास्थित चटकपुरमा आज साँझ विष्फोटन हुँदा पाँच जना घाइते भएका छन् ।

    आज साँझ ६ः४५ बजे स्थानीय निलम होटेलमा विष्फोटन हुँदा होटेल सञ्चालक केशवराज पाण्डेय घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता दक्षकुमार बस्नेतले जानकारी दिए ।

    विष्फोटमा परी बझाङ घर भएका रामसिंह र ठेगाना खुल्न नसकेका लक्ष्मण सेरेला, मोबिन खान, जीतेन्द्र यादव घाइते भएको जनाइएको छ । घाइतेलाई उपचारका लागि मेट्रो अस्पताल लगिएको र घाइतेमध्ये होटेल सञ्चालक पाण्डेय र रामसिंहको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

    होटेलमा चिया खान बसेकाले बोकेको बम विष्फोट भएको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको प्रवक्ता बस्नेतले जानकारी दिनुभयो । उनले भने, “टिफिन बक्समा राखिएको बम विष्फोट भएको अनुमान छ ।”

    घटनास्थलबाट चाइनिज पेस्तोल बरामद गरिएको र अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...