News Portal

  • घुस रकम सहित इन्जिनियर पक्राउ

    प्रेमनाथ पौडेलसर्लाही, ३ साउन
    ६३७ पटक
    सर्लाही, ३ साउन

    सर्लाहीको सदरमुकाम मलंगवाबाट विहीवार घुस रकम सहित एक ईन्जिनियर अख्तियारको फन्दामा परेका छन् । सर्लाही रामनगर गाउँपालिकाका ईन्जिनियर रामजीबाबू यादब घुस रकम सहित रंगेहात पक्राउ परेका हुन् ।

    गाउँपालिकाको बिकाश निर्माणमा विभिन्न उपभोक्ता समितीका पदाधिकारीसंग रकम नलिई काम नगर्ने गरेको उजुरीको आधारमा ईन्जिनियर यादबलाई घुस रकम ५० हजार सहित सदरमुकाम मलंगवाको होटल अशोकाबाट रंगेहात पक्राउ गरिएको बताइएको छ ।

    बर्दिबासबाट आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलिले उनलाई रंगेहात पक्राउ गरेको अख्तियार बर्दिबासले जनाएको हो ।

    गाउँपालिकाको कामको बिल भौचर सदरमुकाम मलंगवामै बसेर घुस रकम लिदै हिसाब मिलाएर फर्छौट गरिरहेको अबस्थामा त्याँहा पुगेको अख्तियारको टोलिले यादबलाई घुस रकम सहित पक्राउ गरेको अख्तियारको दाबी छ ।

    उनलाई विहीवार साझै थप अनुसन्धानको लागि बर्दिबास लगिएको जानाकारी प्राप्त भएको छ ।

    सर्लाहीमा विभिन्न कार्यालय बाट पटक पटक घुस रकम सहित कर्मचारी रंगेहात पक्राउ पर्दै आएको भए पनि घुस लिने र घुस रकम नपाए सम्म काम नै नहुने /नगरिदिने परिपाटीले गर्दा जिल्लाका विशेषत: सरकारी निकायका विकासे काम तथा अन्य सेवा लिन समेत समस्या हुने गरेको उपभोक्ता तथा सर्लाही नागरिकहरुको गुनासो भने यथावत छ ।

    यसरी कर्मचारी पक्राउ पर्दा पनि घुस लिने काममा कमि आउन नसक्नु र अहिले सम्म अख्तियारले पक्राउ गरेका कर्मचारीको बिबरण सार्बजनिक नगर्नुले पनि अख्तियारको कदम प्रति नागरिक आस्वस्त हुन नसकेको भ्रष्टाचार बिरोधी अभियन्ताहरु बताउछन ।

    जिल्लाका नापी, मालपोत, शिक्षा, जिल्ला समन्वय समिति लगायतबाट कर्मचारी पक्राउ परेका भएपनि सर्लाहीमा अख्तियारको टोलिले स्थानिय निकायको कर्मचारीलाई भने घुस रकम सहित पक्राउ गरेको यो पहिलो पटक हो ।

    प्रतिकृया दिनुहोस्

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...

    रामनवमीमा दिव्येश्वरीको वार्षिक पुजा

    भक्तपुर, ५ बैशाख २०८१ । रामनवमीको अवसरमा मध्यपुर थिमि नगरपालिका–१, लोहकिल्थलीस्थित दिव्येश्वरी मन्दिरमा वार्षिक पुजा...

    नव प्रवेशी ८२ शाखा अधिकृतको पदस्थापन, २९ लाई पालिकामा प्रमुख प्रशासकीयको जिम्मेवारी

    निजामती सेवामा नव प्रवेशी शाखा अधिकृतको पदस्थापन गरिएको छ । ब्याट ३७ का ८२ शाखा...

    मध्यपुर थिमिको सिन्दुर जात्रा र जिब्रो छेड्ने जात्रा सम्पन्न, सुजनले दोश्रो पटक छेडे जिब्रो

    भक्तपुरको मध्यपुर थिमि नगरमा सिन्दुर जात्रा सम्पन्न भएको छ । बिस्का जात्राकै अवसरमा मध्यपुरमा बैशाख...

    महोत्सव समापनमा भक्तपुरका पत्रकार ढकाललाई सम्मान

    भक्तपुर । जिल्लामा लामो समयदेखि पत्रकारितामा क्रियाशील रहेका पत्रकार हेमराज ढकाल सम्मानित भएका छन् ।...