News Portal

  • ५ लाख बुझाएर रवि लामिछाने रिहा : अस्मितालाई चाहिएन धरौटी

    भक्तपुर, ९ भदौ
    ८३९ पटक
    भक्तपुर, ९ भदौ

    तस्वीर: नारायणी अनलाइन

    शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा पक्राउ परेका चर्चित टिभी कार्यक्रम प्रस्तोता रवि लामिछाने अन्ततः रिहा भएका छन् । लामिछानेसहित तीनै जनालाई जिल्ला अदालत चितवनले रिहा गर्न आदेश दिएको हो ।

    जिल्ला अदालत, चितवनका न्यायाधीश हेमन्त रावलको इजलासले रविसहित तीनै जनालाई रिहा गर्न आदेश दिएको हो । उनीहरु माथि प्रहरीले आइतबार सालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन गरेको कसूरमा मुद्दा दायर गरेको थियो ।

    जिल्ला अदालत चितवनका रजिष्टार रुद्रमणि गिरीका अनुसार लामिछानेलाई ५ लाख, सञ्चारकर्मी युवराज कँडेललाई ३ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ । त्यसैगरी नर्स अस्मिता भन्ने रुकु कार्कीलाई भने अदालतले साधारण तारेखमा छाड्न आदेश दिए बमोजिम उनीहरु रिहा भएका छन् ।

    सरकारी वकिलको तर्फबाट गोपिलाल देवकोटा, राजकुमार श्रेष्ठ, स्वागत नेपाललगायत ८ जनाले बहस गरेका थिए भने प्रतिवादीको तर्फबाट सुशील पन्त, सुभाष पोखरेल र राजु थापाले बहस गरेका थिए ।

    ५ लाख धरौटीसहित तारिखमा रिहा भएपछि रवी लामिछानेका समर्थकहरुले चितवनमा खुसीयाली मनाएका छन् ।

    अदालतले रिहा गरे लगत्तै लामिछानेका शुभेच्छुक र आफन्तले खुशीयाली मनाएका हुन् । रविको पक्राउसँगै लगातार ११ दिनसम्म समर्थकहरुले चितवनमा विरोध प्रदर्शन गर्दै आएका थिए । उनको रिहाइसँगै समर्थकहरुले सामाजिक सञ्जालहरुमा पनि खुसीयाली व्यक्त गरिरहेका छन् । जिल्ला अदालत चितवनको परिसरमा पनि ठूलो संङख्यामा समर्थहरु स्वागतका लागि उपस्थित भएका नारायणी अनलाइनले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...