News Portal

  • महरामाथि यौन दुर्व्यवहारको आरोप लगाउने रोशनी शाही र उनका श्रीमान् बीच सम्बन्ध विच्छेद

    २५२३ पटक

    काठमाडौं, १६ असोज । सभामुख कृष्णबहादुर महरामाथि यौन दुव्र्यवहारको आरोप लगाउने र पछी आरोप लगाएको होइन भनि अस्वीकार गर्ने रोशनी शाही र उनका पतिबीच सम्बन्ध विच्छेद भएको छ । बिहीबार उनीहरुले एक पत्रमा हस्ताक्षर गर्दै सम्बन्ध विच्छेद गरेका हुन् ।

    तत्कालीन नेकपा (माओवादी केन्द्र)को स्वास्थ्य संगठनको अध्यक्ष समेत रहेका पति चित्रजंग शाहीले सम्बन्ध विच्छेदको पत्र आफ्नो फेसबुकबाट सार्वजनिक गरेका छन् । उनले पत्रका साथ एउटा स्टाटस लेख्दै  आफूहरुले २८ वर्षको सम्बन्धलाई तोडेको जानकारी गराएका छन् । उनले फेसबुक पोस्टमा भनेका छन, हामी २८ वर्षसम्म सँगसँगै दिन बितायौं र समयको गतिसँगै अलग हुने निर्णयमा पुगैका छौ । धन्यवाद शुभचिन्तकहरूमा ।

    हातले लेखेको सम्बन्ध विच्छेदको पत्रमा उनीहरुले थप कानुनी प्रक्रिया भने निरन्तर जारी रहने जनाएका छन् । साथै आफूहरु दुबै जनाले खुसीका साथ नै अलग अलग बस्ने निर्णय गरेको बताएका छन् । पत्रमा चित्रजंग शाही र रोशनी शाहीले हस्ताक्षर समेत गरेका छन् । सम्बन्ध विच्छेद पत्रमा भनिएको छ ” प्रियजनहरु, थुप्रै उतारचढावकाबीच बितेका हाम्रा साथसाथ २८ वर्ष दिनहरु बिते । समयको गतिसँगै असमति असन्तुष्टि आउँदा रहेछन् । तथापी खुसीसाथ अलग बस्ने निर्णय गरेका छौ । कानुनी प्रक्रिया निरन्तरताका साथ ।”

    यस्तो छ पति चित्रजंगले फेसबुकमा सार्वजनिक गरेकाे सम्बन्ध विच्छेदको पत्र

     

    प्रतिकृया दिनुहोस्

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...